दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

,   लिम्बुवान न्युज
                       


दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ ।
याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजकले बिहीवार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो ।


कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा माङलाङ, केलाङ, येबा÷येमालाको साथमा विशालर्यालीसहित महोत्सवको समुद्घाटन हुने मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले जानकारी दिएका छन् ।
महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुतिदिने बताइएको छ ।
’याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो“ मूल नारासहित सञ्चालन हुन महोत्सवको मुख्य उदेश्य लिम्बू याक्थुङ् समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वर्द्धनसहित विश्वव्यापी प्रचारप्रसार गरिपछिल्लो पुस्तासम्म पुर्याउनु रहेको मञ्चको दावी छ ।
प्रवेश निःशुल्क रहने महोत्सवमा १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र दमकको किरात भवनमा प्रस्तुत हुनेछ ।
यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो पटक तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;