पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

 लिम्बुवान न्युज
                       

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ ।
यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच किलो मिटर ¥यालीपछि वृहत चुनावी सभा गरेका छन् ।
किरात धर्म गुरु आत्मानन्द लिङल्देनको आश्राम नजिकैबाट सुरु भएको ¥याली रिङरोड पुरै परिक्रमा गर्दै सोही स्थालमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीको उद्घाटन किरात धर्म गुरु आत्मानन्द लिङ्देनबाट भएको थियो ।
सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले आफू नेपाली जनताको सुःख, शान्ति चाहने एमाले, कांग्रेस, रास्वपाको पनि साझा उमेद्वार भएको दाबी गरे ।


इलाम—२ मै ३ दशक अघिदेखि शिक्षा, सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा इमानको साथ काम गरेको कारण एमाले, कांग्रेस भित्रका नेता, कार्यकर्ताहरुले पनि गोप्य रुपमा मतदान गर्ने भनिरहकोले आफू जित्ने निश्चित भएको बताए ।
थेगिमले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, माङ्सेबुङ रिङरोडलाई आत्मनन्द लिङ्देन नामकरण गर्ने, किरात विश्व विद्यालय स्थापनाको लागि पहल गर्ने बताएका छन् ।


आफू स्वतन्त्र भएको हुनाले देशमा क्यान्सरको रुपमा बढ्दै गएको भ्रष्ट्राचार, कमिसन र अनियमिता विरद्ध कार्यकालभरी सडक, सदनबाट भण्डाफोर गरेर जनता माझ नङ्ग्याउन लाग्ने, मजदुर, किसान, युवा, विद्यार्थी जेष्ठ नागरिक तथा समावेशी, समानुपातिक राज्य व्यावस्था कार्यान्वयन गर्न लाग्ने उमेद्वार थेगिमले बताए ।
कार्यक्रममा किरात राई यायोक्खा महासचिव भीम राईले डकेन्द्रसिंह थेगिम लिम्बू राई, लिम्बू, मगर, गुरुङ, तामाङ, नेवार, दलित, मधेशी, क्षेत्री, बाहुनको पनि साझा उमेद्वार भएको बताए । राई समुदायको साझा संस्था यायोक्खाले संस्थागत रुपमै साझा स्वतन्त्र उमेद्वार थेगिमलाई भोट लगाउन सर्कुलर भएकोले ढुक्क भएर मुढामा भोट लगाउन आव्हान गरे ।
कार्यक्रममा अमेरिकाको मिचिगन विश्व विद्यालयका प्रध्यापक डा। महेन्द्र लावती, किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा। कमल तिगेला, नेपाल आदिबासी जनजाति महासंघका पूर्ब उपाध्यक्ष गोबिन्द छन्त्याल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, नाउपाका पदम अधिकारी, साझा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी लगायतले साझा स्वतन्त्र उमेद्गवार थेगिमको लागि मुढामा भोट मागेका छन् ।
जसपाका केन्द्रीय सदस्य खगेन्द्र माखिमले पहिचान विरोधीहरु सत्तामा रहेको भन्दै सत्ताधारीलाई एक जुट भएर चुनौती दिने कुरा समान्य नभएको बताए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इङ्बुङले छाता, दापसहितको खुकुरी, घर, ढाकी जस्ता चुनाव चिन्ह स्थगित गरेर मुढामा आएको भन्दै संघीय संसदमा आफ्नो मुद्धा सहभागी गराउन सबैले भोट दिनुपर्ने बताए ।
कार्यक्रममा किरातल राईल यायोक्खा उपाध्यक्ष राकेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।
माङ्सेबुङ किरात धार्म मान्ने धर्मालम्बीहरुको मुख्य क्षेत्र हो । स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू यही पृष्ठभूमिबाट आएका नेता हुन् । सोमबारको सभामा करिव चार हजार समर्थकको सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीको सहमहासचिव दिलकुमार लावतीले बताए ।
राजनीतिक पार्टी नेताहरुको भ्रष्ट्राचार, कमिसन, व्यक्ति स्वार्थमा जनताले प्रत्यक्ष देख्नेगरी लागेपछि कांग्रेस, एमाले नेताहरुबाट वितृष्ण भएका जनता स्वतन्त्रको पक्षमा बढ्दै गएकाहुन् ।
कांग्रेस, एमालेका हर्कतबाट वितृष्णा भएका जनता अघिल्लो निर्वाचनमा रास्वपालाई बिकल्पको रुपमा लिनखोजे पनि रबि लामिछाने आफै सहकारी संस्थामा २ करोड ठगी काण्ड बाहिर आएपछि इलाममा मुढा चिन्हको उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूप्रति जनता आकर्षित भएको देखिएको छ । कार्यक्रममा गायिका सुनिता थेगिमले बिभिन्न गित गाएर जनतालाई मनोरञ्जन दिएका थिए । युवाहरुले मन पराएका अर्का गायक एकदेब लिम्बू पनि थेगिमको चुनाव चिन्ह मुढामा भोट माग्दै मिनि कन्सर्टमा व्यस्त छन् ।
सभामा वृहत उपस्थिति
स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा ९गुरु आश्राम० नजिक लगायतमा चुनावी सभाहरु भएको छ । यी सभाहरुमा जाति जनसहभागिता सुहाङ नेम्वाङ, डम्बर खतिवडाको कार्यक्रममा उपस्थित नदेखिएको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम एक्तेनको भनाइ छ ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...