ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

 लिम्बुवान न्युज
                       


दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप लिएको हो ।

गैर हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा उभिएको मुक्कुमलुङ अन्तत पाथीभरा नामाकरणसँगै निस्सारिएको छ । नामसँगै हिन्दुधर्मावलम्बीहरुले आस्थाको रुपमा विश्वमा चिनाउने प्रयास गरेता पनि त्यस क्षेत्रको पहिचान नै मासिन्ने र नाम नै नामेट पार्ने षडयन्त्र भयो भनी पहिचानको पक्षमा उभिएकाहरुले आन्दोलनलाई निरन्तर अघि बढाईरहेको देखिन्छ । पवित्रस्थलको रुपमा रहेको मुक्कुमलुङ यतिवेला त्यस क्षेत्रमा बन्ने विकासको नाममा भइरहेको अतिक्रमणले पहिचानको पक्षमा उभिएका अस्तित्ववादीहरुले विरोध जनाइरहेको प्रष्ट छ ।

ताप्लेजुङ् जिल्ला असान्त बन्दै गइरहेको छ भने यता त्यहाँका रैथाने समुदायहरुमा पनि एकअर्का प्रति आरोप प्रत्यारोप गर्नमा व्यस्त देखिन्छ । यसको असर त्यहाँका मुख्य जाती याक्थुङहरुमा देखिन्छ । केवलकार बन्छ भन्ने भएपछि त्यहाँ दुई ध्रुवमा रैथानेहरु बाढिएको देखिन्छ । विकासको नाममा विनास गर्दै हजारौं बोटविरुवा काट्ने काम भएको छ । सरकारले विकासको नाममा सार्वजनिक सम्पत्तिमाथि प्राइभेट कम्पनीलाई हालिमुहाली गर्न दिने कार्य गरेको प्रति पहिचानवादीहरु असन्तुष्ट बनेका हुन् ।

उनीहरुले धार्मिक आस्थाको केन्द्रलाई व्यापारिकरण गरेर महत्व घटाउन नहुने, देशको सार्वजनिक सम्पदा (सम्पति) व्यक्तिलाई जिम्मा लगाउन नहुने, व्यापारीलाई लागि गुँरास जस्तो राष्ट्रिय फूल फडानी गर्न नदिन माग राख्दै विगत ९ बर्षदेखि आन्दोलन जारी राखेका छन् ।
मन्दिरमा केवलकार बनाउने भनेर २०७२ असोज ६ गते पाथीभारा दर्शन केबलकार प्रां.ली. दर्ता भएको थियो । सो कम्पनीलाई केपी ओली प्रधानमन्त्री भएको बेला मन्त्री परिषद बैठकले केवलकार निर्माणको लागि जग्गा प्रयोग गर्न दिने निर्णय भएको थियो ।

धार्मिक आस्थाको केन्द्रलाई व्यापारिको जिम्मा लगाउन नहुने प्रकृतिक रुपमै रहनदिनु पर्ने माग राख्दै सोही समयदेखि आन्दोलन भइरहेको छ । दर्ता भएको दुई बर्षमा सक्ने योजनासहित सुरु भएको कार्यक्रम स्थानीयबासी र बिषेश गरेर याक्थुङ् समुदायको विरोधको कारण तत्काल अघि बढ्न सकेको थिएन ।

काठमाडौं नजिकै चन्द्रागिरीमा केवलकार चलाउदै आएका चन्द्र ढकाल पाट्नारमा पसेपछि भने केन्द्र, प्रदेश वन मन्त्रालय, वन कार्यालय, सीडियो र प्रहरी कार्यालयले सरासर फायल बढाउदै जंगल फडानीको प्रकृया समेत पुरा गरेका थिए ।
कर्मचारी मात्र होइन ताप्लेजुङ्गका बिभिन्न पार्टीका नेता, कार्यकर्ताहरु र जनप्रतिनिधिहरु समेत मुकुमलुङलाई प्रकृतिक रुपमै रहन दिनुको सट्टा चन्द्र ढकालको कम्पनीको पक्षमा लाग्ने गरेको आन्दोलनरत पक्षको आरोप छ ।

केवलकारको लागि रुख ढाल्न प्रकृया पुरा गर्ने क्रममा पटक–पटक आन्दोलनकारीले लखेटेपनि प्रयास भने जारी राखेका छन् ।
यसैक्रममा २०८१ बैसाक ३० गते चन्द्र ढकालले भाडामा लगेका मानिसहरुले लालि गुँरास फडानी गरेका थिए । भाडामा मानिस प्रयोग गरेको थाहा पाउन साथ आन्दोलनकारीहरुले विरोध गर्दै त्यहा पुगेका थिए ।

बैसाक ३१ गते दुई पक्षवीच झडप भएको थियो । दुबैतर्फबाट खुकुरी उब्जाउनेसम्म भएको थियो । आन्दोलनकारीहरु विभिन्न गाउँबाट त्यहाँ पुगेर संख्या थपिदै गएपछि भाडामा लगिएका मानिसहरु भागेको संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बूले बताए ।

‘कर्मचारीले कहिलेकाही ५ मिनेटमा हुने फायल ३ घण्टासम्म पर्खिन लगाउछन् ।’ पाथीभरा केवलकार खारेजी संघर्ष समितिका खगेन्द्र फोम्बू भन्छन ‘कर्मचारीहरु, पार्टीका केही नेता÷कार्यकर्ताहरु एउटा कम्पनीको पक्षमा किन मरिहत्ते गरेर लागेका ?’ चन्द्र ढकालले करोडौ पैसा दिएर कर्मचारी र पार्टीका नेता कार्यकर्ताहरु प्रयोग गर्ने प्रयास गरिरहेको संघर्ष समितिको बुझाइ छ ।

राज्यको शक्ति दुरुपयोग गरेर जवरजस्ति गर्न खोजेको भन्दै संघर्ष समितिले मंगलबार विज्ञप्ति प्रकाशन गरेर दुई दिन ताप्लेजुङ जिल्ला आम हड्ताल र मेची राजमार्ग (झापाको चारआलीदेखि तप्लेजुङ्ग सदरमुकाम), तमा्र करिडोर सडक बन्दको घोषणा गरेर च्यालेन्ज दिएका छन् । बन्द सफल बनाउन बिभिन्न स्थानमा आन्दोलनकारीहरु परिचालित भएका छन भने मुकुमलुङमा सयौंको संख्यामा युवाहरु तैनाथ रहेका छन् ।
ताप्लेजुङमा जेठ ३ देखि ७ गतेसम्म महोत्सव लगाउने र उद्घाटनमा प्रधानमन्त्री ल्याउने छलफल भइरहेको र यही बेला डकैती शैलीमा जंगल फडानी भएकोले जिल्ला बन्द गर्नु परेको संघर्ष समितिले जनाएको छ ।

राज्य पक्ष जायज मागको सुनुवाई गर्नुको साटो एउटा कम्पनीको पक्षमा लागेर त्यहाँका याक्थुङ लगायत रैथाने समुदायको आवाज दबाउन लागे बरु युद्ध लड्न तयार तर केवलकार बनाएर मुकुमलुङ प्रतिको आस्था घट्न नदिने बताउदै आएका छन् ।

मुकुमलुङकाे प्रकृतिक स्वरुप र आस्था घटाउदै चन्द्र ढकाल एउटा व्यक्तिलाई ठेक्का दिएर कमिसन लिने पार्टीका नेता कार्यकर्ताहरुको प्रवृति विरुद्ध खुलेर सडकमा आउन संघर्ष समितिको आव्हान छ । अहिले प्रदेश नं. १ मा पहिचानको आन्दोलन निरन्तर चलिरहेको छ ।
यो आन्दोलनमा ४२ बर्षिय युवा पदम लिम्बू(लाजेहाङ)को साहदत भइसकेको छ भने आषिश साम्बा लिम्बू एक बर्षदेखि जेलमा छन् । गजेन्द्र फागोको प्रहरीले चलाएको गोली लागेर खुट्टामा समस्या छ उनी आजिवन अपाङ्ग बनेका छन् । १५० बढी घाइते र २५० बढीलाई झुट्टा मुद्धा लगाइएको संयुक्त संघर्ष समितिको तथ्याङ्क छ । यो अवस्थामा केवलकार बनाउन जवरजस्ति गरिए ताप्लेजुङबाटै गम्भीर प्रकारको आन्दोलन सुरुहुनसक्ने र युद्ध सुरुहुन सक्ने आंकलन समेत हुन थालेको छ ।

विभिन्न ५ वटा संगठनहरुले बिहीबार बेलुकी एक विज्ञप्ति जारी गर्दै शुक्रबार जेष्ठ४ गतेदेखि अनिश्चितकालीन ताप्लेजुङ् जिल्ला बन्दको आव्हान गरेका छन् । याक्थुङहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समिति, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति र मुक्कुमलुङ तान्सेप् चुम्भो लगायतका संगठनहरुले विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन बन्दको आव्हान गरेका छन् ।

राज्य पक्षले त्यस क्षेत्रको प्राकृतिक सम्पदा नै नस्ट पार्दै लापोन्मुख जीव रेड पाण्डा लगायत बन्यजन्तु र पशुपंक्षीको सुरक्षित वासस्थान नस्ट गरेर सरकारले त्यस क्षेत्रका जातीहरुको जल, जंगल र जमिन माथि उदाङ्गो नाच नाचेको प्रति आपत्ती जनाएका छन् । विज्ञप्तिमा आन्दोलनकारीहरुले जस्तो परिस्थितिमा पनि केवलकार निर्माण हुन नदिने प्रष्ट पार्दै आन्दोलन जारी राख्न अनिश्चीतकालिन बन्दको आव्हान गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...