“गाउँ आएको बाटो”को प्रिमियर शो सम्पन्नः जेठ २५ गतेबाट प्रदर्शन हुने

,   लिम्बुवान न्युज
                       

ललितपुर, २४ जेठ । शुक्रबार (जेठ २५गते)बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौंस्थित बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति रहेको थियो ।

महेश राईको कथामा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’मा अहिलेका व्यस्त कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका रहेको छ । किरात राई जातीको पुर्खौली थलोमा उनीहरूको सहअस्तित्व पहिचानका साथै सामाजिक, सांस्कृतिक सम्बन्ध भावनामा आयातित संस्कृतिले पारेको प्रभावलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा गाउँमा बाटो आएसँगै गाडी आएपछिका परिवर्तनहरुका साथै बाबु र छोराको सम्बन्धलाई समेत अत्यन्तै सुन्दरढंगले प्रस्तुत गर्न खोजएको छ । राई जातीहरुको परम्परागत ज्ञान, सिप र क्षमताहरूलाई बाटो आएसँगै कसरी क्रमिक रूपमा सांस्कृतिक अतिक्रमण भयो त भन्ने विषय चलचित्रको मुख्य केन्द्र रहेको निर्देशक सुब्बाले बताए ।

चलचित्रको अधिकांश छायाङ्कन पूर्वी पहाडी जिल्ला किरात राई जातीहरुको सघन बसोबास रहेको भोजपुरको दक्षिणी क्षेत्रमा गरिएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;