सुगुपले पव्लिक च्वाइस अवार्ड सहित ४ वटा अवार्ड हात पार्याे

,   लिम्बुवान न्युज
                       

ललितपुर, २७ जेठ । काठमाडाैंस्थित सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित लिम्बु भाषामा बनेकाे चलचित्र ‘सुगुप’ले पब्लिक चोइस अवार्ड, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पाश्र्व संगीत गरि चार ओटा अवार्ड आफ्नो पक्षमा पार्न सफल भएको छ ।

पब्लिक च्वाईस अवार्ड सहित नगद रु. ३५ हजार हात पारेको हुन् । उत्कृष्ट छायांकनबाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङ राईले प्राप्त गर्नुभएको हो ।

एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार, रितिथिती, गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ ।
चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा लगायतका कलाकारहरुको जीवन्तअभिनय रहेको छ ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुले सेहे मारेर बाटाे लगाएरे अन्तिम संस्कार गर्ने गरिन्छ । यसै कथाकाे सेरेफेराेमा याे चलचित्र बनेकाे छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो हुन् भने अन्य लगानीकर्तामा शैलेन्द्र कुमार नाल्बो, दिलमायाँ लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो रहेका छन् ।

 

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;