मुक्कुमङ वृक्षारोपण अभियानमा ६ हजार विरुवा रोपियो

 लिम्बुवान न्युज
                       


दमक, ३२ जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन उक्त विरुवा रोपिएका हुन् ।
संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका विभिन्न प्राजातीहरु, धुपी, चिमल, रौट सालहा, चाप लगायतका ६ हजार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताउनभयो । उहाँका अनुसार वृक्षारोपणमा ४ सय पचास भन्दा धेरै अभियानकर्मीहरुले बिरुवा रोपिएको हुन ।
संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरीहरुबाट विरुवा खरिद गरेर उक्त क्षेत्रमा वृक्षारोपणको अभियान थलेको बताए । यसैगरी उक्त अभियानमा ताप्लेजुङ बाहेकका जिल्लाहरु पान्थर, इलामबाट समेत वोटविरुवा लगिएको अभियानमा सहभागी किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

विहीबार यक्वा सेवा पूजा सहित वृहत्त वृक्षारोपण अभियान सुरु गरेका छौं । आज देखि सुरु हुने अभियान आसार १५ गते सम्म सञ्चालन गर्ने संयोजक फेम्बुले बताए ।
पाथीभरा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरेपछि त्यस क्षेत्र अझै अशान्त रहेको छ । राष्ट्रिय फुल गुरासँ कटान गरेको भन्दै समितिले विरोध गर्दै आइरहेको छ । यस्तै संयोजक फेम्बुले आजभन्दा चार वर्ष अगाडी यस क्षेत्रमा आगलागी भएको थियो । उक्त आगलागीबाट नष्ट भएको बन जंगलमा अझै बोट बिरुवा हुर्कन सकेको छैन त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने बताए ।
वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि समेत संघर्ष समितिले जिम्मेवार लिने संयोजक फेम्बुले जनाएको छ । उक्त बृहत वृक्षारोपण कार्यक्रम तथा नो केवलकारका अभियान्ताहरु प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न संघ संस्था, राजनैतिक दल साथै सामाजिक अभियन्ताहरुसमेत सो क्षेत्रमा वृक्षारोपणका लागि बुधबार नै पुगेका छन् ।


प्रदेशको नाम कोशी खारेजीसँगै पाथीभरालाई मुक्कुमलुङ नामाकरणका साथै त्यसक्षेत्रको वातावरणीय पर्यावरणलाई नस्ट पार्ने केवलकार निर्माण रोक्न आन्दोलनरत सबै पक्षहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएको कियाचू संघीय अध्यक्ष एक्तेनले बताउनु भयो ।

तस्वीरः सराेज कङ्लिवा

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...