काठमाडौंमा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३२ जेठ । काठमाडौं ८ भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुनेभएको छ । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा भोलि असार १ देखि ५ गतेसम्म सो कार्याशाला आयोजना हुने भएको हो ।

सयङका सदस्य सागर केरुङका अनुसार उक्त कार्यशालामा बरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, चलचित्र छायाँकाार शैलेन्द्र डि कार्की, चलचित्र प्रशिक्षक अनुप सुवेदी, चलचित्र समालोचक तथा निर्देशक दिपेन्द्र लामाले आ–आफ्नो विधामा कार्याशालामा सहभागीहरुलाई प्रशिक्षण दिने छन् ।

यसैगरी उक्त कार्याशालामा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धनबारे बोर्डका अध्यक्ष ज्योतिराज राई, मानवशास्त्री डिबि आङबुङ, चलचित्र निर्देशक प्रतिमा पुन, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्बुङ, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई लगायतले समेत कार्यशालाको सहजीकरण गर्ने चोक सयङका सदस्य सागर केरुङ्ले बताए ।

किरात याक्थुङ चुम्लुङ् उपत्यका समितिहरु, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, लिम्बु पत्रकार संघ लगायत विभिन्न संघ संस्थाहरुमार्फत दुई देखि तीन दर्जनको संख्यामा सहभागीहरु उक्त कार्यशाला गोष्ठीमा सहभागि हुने केरुङ्ले बताए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...