काठमाडौंमा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३२ जेठ । काठमाडौं ८ भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुनेभएको छ । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा भोलि असार १ देखि ५ गतेसम्म सो कार्याशाला आयोजना हुने भएको हो ।

सयङका सदस्य सागर केरुङका अनुसार उक्त कार्यशालामा बरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, चलचित्र छायाँकाार शैलेन्द्र डि कार्की, चलचित्र प्रशिक्षक अनुप सुवेदी, चलचित्र समालोचक तथा निर्देशक दिपेन्द्र लामाले आ–आफ्नो विधामा कार्याशालामा सहभागीहरुलाई प्रशिक्षण दिने छन् ।

यसैगरी उक्त कार्याशालामा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धनबारे बोर्डका अध्यक्ष ज्योतिराज राई, मानवशास्त्री डिबि आङबुङ, चलचित्र निर्देशक प्रतिमा पुन, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्बुङ, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई लगायतले समेत कार्यशालाको सहजीकरण गर्ने चोक सयङका सदस्य सागर केरुङ्ले बताए ।

किरात याक्थुङ चुम्लुङ् उपत्यका समितिहरु, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, लिम्बु पत्रकार संघ लगायत विभिन्न संघ संस्थाहरुमार्फत दुई देखि तीन दर्जनको संख्यामा सहभागीहरु उक्त कार्यशाला गोष्ठीमा सहभागि हुने केरुङ्ले बताए ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...