प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र २ गते  सो बैठक बस्न लागेको हो ।

वैशाख १५ गते को उपनिर्वाचन सम्पन्न पश्चात पहिलो पठक भौतिक रुपमा ताप्लेजुङमा बठैक बस्न लागेको संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन बताउनु भयो । लामो समय भौतिक रुपमा बैठक बस्न नसकेको अवस्थामा मुक्कुमलुङमा बृहत वृक्षारोपण कार्यक्रम मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिको संयुक्त कार्यक्रमको छोके पारेर यो बैठक गर्न लागेको उनको भनाइ थियो ।

प्रदेश १ पुनः नामाङकन हुनुपर्ने माग राख्दै आन्दोलित संघर्ष समितिको उपनिर्वाचन सम्पन्न पश्चात आन्दोलन समाप्त भएको होकी भन्ने धेरैको विश्लेषण रहेपछि सो बैठक राखिएको समितिले जनाएको छ । उपनिर्वाचनको चुनावी समिक्षा र आर्थिक प्रतिवेदन सो बैठकले पास गर्ने जनाइएको छ । त्यसैगरी बैठकले आगामी कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने जनाएको छ । यसैगरी आन्दोलन लगायतका विविध कार्यक्रम गर्नका निमित्त समेत भावि आर्थिक योजना लगायत विषयमा गम्भीर बहस गरिने संयोजक एक्तेनले बताउनु भयो ।

विगतमा प्रदेश नं. १ सरकारसँग भएका वार्ताका उपलब्धीहरु र सम्झौताका कार्यान्वयनमा भएका ढिलाईका बारेमा समेत छलफल हुने संयोजक एक्तेनले बताउनु भयो । इलाम कारागारमा थुनिएका आशिस साम्बालाई तुरुन्त रिहाई गर्न प्रदेश सरकारलाई अपिल गर्ने नभएर चरणबद्ध आन्दोलन शुरु गर्न बैठकमा निर्णय गराउने समेत संयोजक एक्तेनले बताउनु भयो ।

४१ भन्दा धेरै घटकहरु रहेको संघर्ष समितिमा मुख्य घटकहरु आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, शेर्पा मञ्च नेपाल, प्रदेश १ पुनः नामाङकन अभियान समिति त्यसैगरी जसपा, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत विभिन्न राजनैतिक दल र जातीय संघ संस्थाहरुका प्रमुखहरु उक्त बैठकमा सहभागी हुने संयोजक एक्तेनले बताउनु भयो ।

बैठकमा सहभागी एक पहिचानवादी नेताका अनुसार बैठकमा बृहत राजनैतिक मोर्चा समेत बनाउने भन्ने बारे छलफल हुने बताएका छन् । मोर्चा देशव्यापी बनाउने की प्रदेश १ अन्तर्गतको बनाउने त्यो भने छलफल हुन बाँकी रहेको उनले बताए ।

जेठ ३१ र ३२ गते दुई दिन मुक्कुमलुङमा २०औं हजार वृक्षारोपण अभियानमा समेत संघर्ष समितिका प्रमुख नेतृत्वहरु सहभागी भएको थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...