प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र २ गते  सो बैठक बस्न लागेको हो ।

वैशाख १५ गते को उपनिर्वाचन सम्पन्न पश्चात पहिलो पठक भौतिक रुपमा ताप्लेजुङमा बठैक बस्न लागेको संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन बताउनु भयो । लामो समय भौतिक रुपमा बैठक बस्न नसकेको अवस्थामा मुक्कुमलुङमा बृहत वृक्षारोपण कार्यक्रम मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिको संयुक्त कार्यक्रमको छोके पारेर यो बैठक गर्न लागेको उनको भनाइ थियो ।

प्रदेश १ पुनः नामाङकन हुनुपर्ने माग राख्दै आन्दोलित संघर्ष समितिको उपनिर्वाचन सम्पन्न पश्चात आन्दोलन समाप्त भएको होकी भन्ने धेरैको विश्लेषण रहेपछि सो बैठक राखिएको समितिले जनाएको छ । उपनिर्वाचनको चुनावी समिक्षा र आर्थिक प्रतिवेदन सो बैठकले पास गर्ने जनाइएको छ । त्यसैगरी बैठकले आगामी कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने जनाएको छ । यसैगरी आन्दोलन लगायतका विविध कार्यक्रम गर्नका निमित्त समेत भावि आर्थिक योजना लगायत विषयमा गम्भीर बहस गरिने संयोजक एक्तेनले बताउनु भयो ।

विगतमा प्रदेश नं. १ सरकारसँग भएका वार्ताका उपलब्धीहरु र सम्झौताका कार्यान्वयनमा भएका ढिलाईका बारेमा समेत छलफल हुने संयोजक एक्तेनले बताउनु भयो । इलाम कारागारमा थुनिएका आशिस साम्बालाई तुरुन्त रिहाई गर्न प्रदेश सरकारलाई अपिल गर्ने नभएर चरणबद्ध आन्दोलन शुरु गर्न बैठकमा निर्णय गराउने समेत संयोजक एक्तेनले बताउनु भयो ।

४१ भन्दा धेरै घटकहरु रहेको संघर्ष समितिमा मुख्य घटकहरु आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, शेर्पा मञ्च नेपाल, प्रदेश १ पुनः नामाङकन अभियान समिति त्यसैगरी जसपा, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत विभिन्न राजनैतिक दल र जातीय संघ संस्थाहरुका प्रमुखहरु उक्त बैठकमा सहभागी हुने संयोजक एक्तेनले बताउनु भयो ।

बैठकमा सहभागी एक पहिचानवादी नेताका अनुसार बैठकमा बृहत राजनैतिक मोर्चा समेत बनाउने भन्ने बारे छलफल हुने बताएका छन् । मोर्चा देशव्यापी बनाउने की प्रदेश १ अन्तर्गतको बनाउने त्यो भने छलफल हुन बाँकी रहेको उनले बताए ।

जेठ ३१ र ३२ गते दुई दिन मुक्कुमलुङमा २०औं हजार वृक्षारोपण अभियानमा समेत संघर्ष समितिका प्रमुख नेतृत्वहरु सहभागी भएको थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...