लाेकेनकाे निर्देशन तथा गीता पालुङवाकाे पालाम ‘हङकङ चाइना पालाम-३’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ असार । निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा पालाम ‘हङकङ चाइना ३’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीता पालुङवा लिम्बूको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलनमा गायिका मनु नेम्बाङ र गायक शिव सम्बाहाङफेको स्वरमा रहेकाे  पालाम ‘हङकङ चाइना ३’ सार्वजनिक गरिएको हो ।

अरुण बरुण न्योपानेको छायांकन, सञ्जु थलङको मेकअप तथा बिकास दहालको सम्पादन रहेको भिडियोमा प्रेम सुव्वा र शब्द संकलन स्वयम गीता पालुङवा लिम्बूले अभिनय गरेका छन् ।

अशोक लोहोरुङ राईको ध्वनी तथा निर्मल सुव्वा(अशिस)को स्टिल क्यमारा रहेको भिडियोमा सनमान थलङ, धनजित साँबा लिम्बू, विमला इवारम, उदय बेघा, रत्न लिङदेन लावती, निरोज लिवाङ, नैना कला वनेम, मनु नेम्बाङ, मनमाया आङबहाङ र इन्द्र कुमारी लिम्बूको अभिनय रहेको छ ।

श्याम आङला लिम्बूको संगीत संयोजनमा एभरेष्ट डिजिटल स्टुडियो लगनखेलमा रेकर्ड गरिएको पालामको भिडियो गीता पालुङवा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियाे तल हेर्नुहाेला

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...