नोगेन लिम्बुको ‘जिउ पैंचो’ गीतकाे भिडियाे सार्वजनिक
मङ्गलबार, १२ असार, २०८१ रातीको १०:१२ बजे,
लिम्बुवान न्युज
ललितपुर, ११ असार । पाँचथरका उदयमान गायक द भ्वाइस अफ् नेपाल सिजन ५का फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ गीत भिडियो सहित सार्वजनिक भएको छ । सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा नोगेनलाई लोकप्रिय गायीका सुनिता थेगिमले स्वरमा साथ दिएका छन् । गीतको शब्द, संगीत बुद्धराज लिम्बूको रहेको छ भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ मनोज थापा मगरले गरेका छन्। गीतलाइ मुन्धम स्टुडियाेमा गरिएकाे छ भने वरदान संगीतालयकाे प्रस्तुती रहेकाे छ ।
नोगेनका बाबु देउमान हाङसरुम्बा र आमा सरिता हाङसरुम्बा (नेम्बाङ)ले निर्माण गरेको प्रस्तुत सांगीतिक चलचित्रको लेखन, निर्देशन किरण राईले गरेका छन् । भिडियोमा अनुशा राई, उत्तम राई, यासेली योङहाङ, भुवनसिं राई, सागर केरुङ, तुलशा आङदेम्बे, हाङ चेम्जोङ, भूपु लिम्बू, मधु केरुङ, निशाम तुम्बापो, समीर जबेगु, निशान लुइटेल, बिमल लिम्बू, नेहा राई, शिशिर नेम्बाङ, तिर्थ हाङसरुम्बा र ज्योति बेघा लगायतको अभिनय रहेको छ ।
पूर्वी लिम्बु याक्थुङ थातथलोमा गाईने हाक्पारेको लयलाई नेपाली शब्दमा व्युत्पन गरी पूर्वेली भाकामा लय मिलाएर गाईइएको यो ठेट लिम्बु लोकसंगीत अनि गीतसँगै कलाकारहरुले आफ्नो मोलिक संस्कृति अनुसार लिम्बु संस्कारमा बुबा आमाले रोजको भन्दानी आफूले नै रोजेर जाने चलनबारे भिडियोमा देखाईएको छ । मिराक र हाङमा मुख्य पात्र बनाई उनीहरुको माया प्रेम अनि भागेर विवाह गर्ने सल्लाह पनि विफल पार्ने हाङमाको माईतीहरुसँगको द्वन्द्व लगायतलाई समिश्रण गरी अत्यन्तै राम्रो भिडियो तयार भएको छ ।
दुई प्रेमीहरुले आफूलाई पाउन एक अर्कालाई लेखेका पत्र अनि त्यो पत्रका हुलाकी मामा र हाङमाको बाजेको अभिनय हेर्न लायक छ नै अझ राम्रो हेर्ने हो भने मिराकको आमाको भूमिका अझ हेर्न लायकको छ । छोराले बुहारी भगाई ल्याउने क्रममा आफूले छोरा र बुहारीलाई रक्षा गर्ने उनले साच्चिकै राम्रो भूमिका निर्वाह गरेको यो भिडियो हेरौ हेरौं लाग्ने नै बनेको छ ।
नेपालको सुदुरपुर्वी भेगमा आफ्नै थातथलोमा बस्ने याक्थुङ जातिको सयौँ प्रकारका सुमधुर मौलिक संगीतहरु छन् । यसैको एउटा ब्युत्पन्न सृजना हो ’भगाइ लाने सल्लाह।’ भएको गायक नोगेनले आफ्नो क्याप्सनमा राखेका छन् । आज भन्दा दशकौं अघि याक्थुङ जातीको मौलिकतालाई स्वभाविक, वास्तविक र यथार्थपरक चित्रण हुनेगरी यो भिडियो तयार भएको छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...