रंग तथा संचारकर्मी आङ्थुपाेकाे निर्देशनमा गीत ‘टाेलाए म टाेलाए’ सार्वज

,   लिम्बुवान न्युज
                       

दमक, १९ साउन । रंगकर्मी तथा सञ्चारकर्मी चेतन आङथुपोको निर्देशनमा नयाँ गित ‘टोलाए म टोलाए’काे भिडियाे सार्वजनिक भएको छ ।

सौगात न्यौपानेको शव्द तथा संगीतमा गायक शंखर योङ्हाङको आवाजमा रहकाे गित ‘टोलाए म टोलाए’ को अफिसियल म्युजिक भिडियो शुक्रबार सार्बजनिक गरिएको हो ।

चुलाचुली मिडियाको प्रस्तुतिमा सुजन श्रेष्ठको छायांकन, सम्पादन तथा कलर रहेको भिडियोमा दिब्या लावती र खेमराज धमलाको अभिनय रहेको भिडियाे चुलाचुली मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएकाे छ ।

रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित आर्टमाण्डु स्टुडियोमा सुजन भण्डारीले रेकर्ड गरेका हुन् ।

शरण हाङ जबेगु र राज धमलाको प्रायोजन, मन कुमार योङ्हाङ र सन्तोष बाहिङ राईको प्रडक्सन रहेको भिडियोमा सेमिहाङ फागो, माङहाङ लावती, ज्याति माझी र लवकुश भटराईको समेत अभिनय रहेको उक्त गीत मनिषा बराइलीले कोरियोग्राफी गरेका छन् ।

पछिल्लो समय नाटक, लघु चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा ब्यस्त रहेका आङ्थुपोको पछिल्लो निर्देशित नाटक झोडा हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;