पहिचानवादी मोर्चाको संघीय समिति विस्तारः सदस्यसचिवमा गोपाल किराती

 लिम्बुवान न्युज
                       

दमक, २० साउन । पहिचानवादी मोर्चाकाे संघीय समिति विस्तार भएको छ । शनिबार मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीद्वारा जारी विज्ञप्ति अनुसार ६३ सदस्यीय कार्य समिति गठन भएको हो ।

मोर्चाको सदस्य सचिवमा सोलुखुम्बुका स्थायीवासी पूर्व मन्त्री गोपाल किरातीलाई जिम्मेवारी दिएको छ । यसैगरी सदस्यहरुमा डा. मित्र परियार, मे. असिम पालुङ्वा, दिलेन्द्र कुरुम्बाङ, सरु सिंगक, चन्द्र मादेन, खगेन्द्र माखिम, कृतिमान मादेन, प्रेमराज लावती, एविरुाज आङ्देम्बे, भावना इङ्वा, जकेन्द्र लावती, सजिव योङया, सुस्मा राई, दिपा लक्सम, हेमराज माङ्मु, माङयुक्सा याक्थुङ, टुपेन्द्र येक्तेन, सन्तराम योङहाङ, कृष्ण चोङबाङ, लोकबहादुर सिंगक, नारायणमान गुरुङ, कृष्ण कटुवाल, किशोरचन्द्र इङनाम, डा. क्षितिज लिम्बु, गंगा राई शेर्मा, शर्मिला आङदेम्बे, अग्निमाया मेचे, पुष्पा बोखिम, ब्रबिम शेर्मा, बाङगाई धिमाललाई नियुक्ती गरेको छ ।

त्यस्तै, केदार धिमाल, अजित धिमाल, केशव अधिकारी, जेन्टल लावती, झहरमान थेवे, क्षितिज लावती, करुण राई, अर्जुन लामा, कल्पना लिम्ब, सरकुमारी आठपहरिया, याङ्छेन भोटे, गोविन्द तामाङ्, मोहन किराती –मादेन), शाहस राई, सुरेश लामा, पासाङ् मोक्तान, बुद्धराज स्याङ्तान, बाबुराम लोप्चन, कुमार साम्यू, पदम फेउदिन, टेक लावती, सुवास पालुङ्वा, अ. कृष्णराज लावती, डा. तेजेन्द्र इजम, रामबहादुर लामा, मोलम लामा, कमल साह, खड्गबहादुर श्रेष्ठ, बल्लु ठाकुर, लोकेन्द्रराज थापा दैलेख र केशव बुढा बर्दिया रहेका छन् ।

मोर्चाले सबै प्रदेश, जिल्ला र पालिकाहरुमा समिति गठनलाई तिब्रता दिने समेत सदस्य सचिव किरातीले बताउनु भयो ।

 

सम्बन्धित समाचार

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...