३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

,   लिम्बुवान न्युज
                       

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

मुख्यमन्त्रीको कार्यालयले बिहिबार अपरान्ह सो ब्यहोराको सूचना सार्वजनिक गरेको छ । तेह्रथुम, झापा, मोरङ लगायत जिल्लाका कतिपय स्थानीय तह अर्थात स्थानीय सरकारहरुले पनि त्यसअघि सार्वजनिक सूचना निकालेर आ–आफनो स्थानीय तहमा स्थानीय बिदा दिइएको सार्वजनिक गरेका थिए ।

सार्वजनिक बिदा प्रदेश सरकारले दिए पनि आज (शुक्रबार) हुने एसइइको ग्रेड बृद्धि परीक्षा भने नरोकिने जनाइएको छ । एसइई परीक्षाको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।

यसैगरी आदिवासी जनजाति महासंघ लगायतअन्य विभिन्न जातीय संघ संगठनले विविध कार्यक्रमहरु गरी आज विश्व आदिवासी  दिवस मनाउँदैछन् ।

त्यस्तै प्रदेशको नाम कोशी नामाकरणमा हस्ताक्षर गर्ने ८२ सभासदस्य र एमालेका ३ नेताहरुलाई भने सबै कार्यक्रममा बहिष्कार गर्न प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, पहिचानवादी संगठनहरू, विभिन्न जातीय संघ संस्थाका प्रमुखहरूले अनुरोध गरेको छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;