
दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख थापाले आदिवासी जनजातिको भाषा, सँस्कृति संरक्षणको आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न सञ्चालन भएको छ । कार्यक्रमका किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ् लगायत १२ भन्ला धेरै जातीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

(तस्वीरः उज्यालाे खबरबाट)