शान्तिश्रीले ल्याइन नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’
शुक्रबार, २५ साउन, २०८१ दिउँसोको ०३:३६ बजे,
लिम्बुवान न्युज
दमक, झापा, २४ साउन ।नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।
गीतकार श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत तयार गरेका हुन्।
आजकाल धेरै तीजका गीतहरू केवल पैसा र भ्यूजको लागि बनाइरहेको समयमा गीतकार प्रीतम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन्। उनले यस अघि दुई गीतहरू ‘मायालु’ र ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक गरिसकेका छन्।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...