
फेदेन, २८ साउन । पहिचानवादी मोर्चा जिल्ला समिति पान्थर गठन भएको छ । भाषाशास्त्री एवम् साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ५७ सदस्यीय पान्थर जिल्ला समिति गठन भएको हो ।
जिल्ला कार्यालय पान्थरको बोर्ड उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीले ५७ सदस्यीय जिल्ला समिति घोषणा गरेका हुन् ।

संयोजक कुरुम्बाङ् सहित सदस्य सचिवमा सुन्दर लावती काङसोरे, प्रशिक्षण विभागमा सिरी सेलिङ, संगठन विभागमा रोशन लावती, आर्थिक विभागमा रुजा राई, युवा विभागमा सुरेन्द्र लावती, महिला विभागमा अमृता माङ्मु र विद्यार्थी विभागमा नविना राई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मणिकुमार कुरुम्बाङ, सेसेहाङ लावती, नरेन्द्र आङदेम्बे, बसन्त लावती, मेहेरमान लावती, रनधोज कुरुम्बाङ, दुर्गा आङदेम्बे, यादव कुरुम्बाङ, रत्न राई, राम नुगो, गगन थोक्लिहाङ, लराङ लावती, मित्रकुमारी बर्देवा, जय तुम्रोक, केवि चेम्जोङ, सोझे राई, बलिराज चेम्जोङ, सीता तामाङ, ज्ञान बहादुर आङदेम्बे, रविन आङदेम्बे, चन्द्र नेम्बाङ, रमेश आङदेम्बे, नविना राई, गंगा पापो लावती, टेक बहादुर लावती, मिलन आङदेम्बे, मौरम कुरुम्बाङ, थर्कमान लावती, सन्तोष राई, प्रकास तुम्रोक,,सुर्यदिप सङबाङफे, विर्ख सङबाङफे, पदमदुखी सङबाङफे, सुमन माङमु, हरि आङदेम्बे र नरेन्द्र आङदेम्बे रहेका छन् ।

कार्यक्रममा संघीय सदस्यहरु प्रेमराज लावती, विराज आङदेम्बे, भावना इङ्वा, गंगा राई सेर्मा, सुस्मा राई र हेमराज माङमु लगायत नेताहरुले नव निर्वाीचत समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।