फोनिज १ नं. प्रदेशले बाह्र बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै १५औं रजत बर्ष मनायो

,   लिम्बुवान न्युज
                       

उदयपुर, २९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले उदयपुमा भएको कार्यक्रममा बाह्र बुँद्धे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न भएको छ ।

आईतबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरद्वारा उद्घाटन भएको २५ औं रजत वर्ष उदयपुरगढीको सहयोग, फोनिज उदयपुरको समन्वय र प्रदेश समितिको आयोजनामा दुई दिने रजत वर्ष सोमबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सदस्य बुर्जा मगरले उदयपुरगढीको पर्यटन प्रवद्र्धन र समृद्धि विकासमा फोनिजकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

दूरदराजमा रहेका विभिन्न विषय बस्तुहरुलाई फोनिजकर्मीको कलमबाट उजागर गरी सत्यतथ्य समाचार सम्प्रेसनगरी र राष्ट्र तथा अन्तराष्ट्रियसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूर्व पर्यटन मन्त्री बुर्जा मगरले यस क्षेत्रमा पर्यटनको सम्भावना बोकेका थुप्रै ऐतिहासिक ठाउँहरु भएकोले अहिलेसम्म प्रचारप्रसारको ओझेलमा रहेका गाउँपालिकाको चिनारी, सम्पत्तिहरुलाई पनि समाचारको माध्यामबाट सुसूचित हुनेगरी प्रचारप्रसार गर्न पत्रकारहरुमाझ अनुरोध गरे ।

सरकारमा रहेपनि नरहेपनि आगामी दिनमा फोनिजकर्मीलाई क्षमता र हैसियत अनुसारको साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरेका छन् ।

पालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि उदयपुरगढीमा रजत वर्ष मनाउँने निणर्यप्रति पालिकाले महत्वपूर्ण उपलब्धि ठानेको बताए ।

फोनिजको रजत वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पालिकाका उपाध्यक्ष खड्काले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न फोनिजकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए । उनले भने, ‘यहाँको ऐतिहासिक पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरु पञ्चावती मन्दिर, भ्यूटावर, टुडिखेल, भूगोलपार्क, परेवा झर्ना, ताप्ली पोखरी, काभ्रेपानी महादेव,चुरुम्वा भ्यू एरिया जहाँबाट हिमालका हिमशृङखलादेखी लिएर तराईका सुन्दर फाँटहरुको दृष्यालोकण गर्न सकिन्छ भने राधाजीको मन्दिर छेलोभञ्याङ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटन स्थलहरुको प्रचारसारमासमेत यहाँहरुको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दछु ।’

पालिका उपाध्यक्ष खड्काले यस क्षेत्रको व्यापक प्रचारप्रसार गरिन दिन फोनिजकर्मीहरुसँग आग्रह गरेका छन् ।

कार्यक्रममा दुई फोनिजकर्मीलाई पहिचान पत्रकारिताबाट पुरस्कृत तथा सम्मानसमेत गरिएको छ । सुनसरीका धीरेन्द्र चौधरी र ओखल्ढुँगाकी विनुमाया राईलाई ‘पहिचान पत्रकारिता पुरस्कार २०८१’ बाट जनही नगद १० हजार २५ रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।

रजत वर्षको अवसरमा उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पर्यटन स्थलसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई अविलम्व घोषणा गर्न १ नं. प्रदेशलाई मातृ भाषामा (राष्ट्र भाषा) मा सञ्चार माध्यामको प्रवर्धन गर्न घोषणपत्रद्वारा माग गरिएको छ ।

त्यस्तै, आदिवासी जनजातिहरुको समाधी स्थल पुरातात्विक स्थलहरुको राज्यपक्षबाट बारम्वार अतिक्रमण हुनु दुःखद् भएकोले सो कार्यलाई तत्काल अत्य गर्न र राज्यबाट वितरण हु्ने लोककल्याणकारी विज्ञापनहरु समानुपातिक आधारमा वितरण तथा व्यवस्था गर्नु पर्ने लगायतका मागलाई सम्वोधन गर्ने उद्देश्यसहित १२ बुँद्धे घोषणपत्र जारी गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, उदयपुर अध्यक्ष भरत खड्का, फोनिजका संघीय सचिव यमन राई, संघीय सदस्यहरु सुजता लिम्बु, गजेन्द्र राई, विदुर खवास, प्रदेश सल्लाहकार इश्वर तामाङ र निलिफा सुब्बा, अग्रज पत्रकारहरु, महेश्वर चाम्लिङ, दिपिन राई, भोटराज राई, निमित्त प्रमुख प्रशासीय अधिकृत गुणराज श्रेष्ठ, सातौ अधिकृत पुष्पकुमार थापा, कृषि शाखाका अधिकृत पारसमणि फुयाल त्यसैगरी, पालिकाका प्रवक्ता सहेक विक, किरात राई पत्रकार संघका उदयपुर अध्यक्ष विक्रम राई, जनजाति महासंघका उदयपुर अध्यक्ष डीवी गुरुङ, उदयपुरगढी अध्यक्ष गौरवबहादुर तामाङ त्यस्तै फोनिज झापाकी अध्यक्ष भुमिका लिम्बु लगायतले शुुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न पालिकासँग समन्वयकारी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने फोनिज उपाध्यक्ष अप्सरा समाल, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठ, अधिकृत पुष्पकुमार थापा, पालिकाका प्रवक्ता सहेक विकलाई आयोजकले धन्यवादसमेत दिएको थियो ।
फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रम सचिव सन्देश सुब्बा र महासचिव सुसन रुङमाहाङ राईको सञ्चनमा फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
(गढी खबरबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;