बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुनः विभाजित हुने संकेत

 लिम्बुवान न्युज
                       

ललितपुर, ३० साउन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्याैपाने (रोशी), सुनिता बुढाथाेकीलगायतका नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन भएको संकेत गरेका छन्।

वैद्यकाे पार्टी भित्रका सशक्त भूमिका खेल्ने युवाहरूले नै पार्टी विभाजन गरेपछि अब त्याे पार्टीकाे अवस्था के हाेला भन्ने प्रश्न खडा भएकाे छ। पुराना नेताहरूले युवा नेताहरूकाे चाहाना नबुझ्नु पार्टी संगठनलाइ बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाइ नेतृत्व दिन नचाहानु पनि पार्टी फुट्काे प्रमुख कारण हाे।

कार्यक्रम र कार्यदिशाहरुको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित  समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभार सहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेकाे प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ। निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेको बताइएकाे छ।

त्यस्तै गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरु सम्पन्न गर्नका निम्ति मोहन वैद्य (किरण) गुटको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरु गरेपनि सफल नभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरु कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरु विरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरिएको उल्लेख गरिएकाे छ।

विज्ञप्ति हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...