बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुनः विभाजित हुने संकेत

 लिम्बुवान न्युज
                       

ललितपुर, ३० साउन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्याैपाने (रोशी), सुनिता बुढाथाेकीलगायतका नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन भएको संकेत गरेका छन्।

वैद्यकाे पार्टी भित्रका सशक्त भूमिका खेल्ने युवाहरूले नै पार्टी विभाजन गरेपछि अब त्याे पार्टीकाे अवस्था के हाेला भन्ने प्रश्न खडा भएकाे छ। पुराना नेताहरूले युवा नेताहरूकाे चाहाना नबुझ्नु पार्टी संगठनलाइ बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाइ नेतृत्व दिन नचाहानु पनि पार्टी फुट्काे प्रमुख कारण हाे।

कार्यक्रम र कार्यदिशाहरुको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित  समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभार सहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेकाे प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ। निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेको बताइएकाे छ।

त्यस्तै गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरु सम्पन्न गर्नका निम्ति मोहन वैद्य (किरण) गुटको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरु गरेपनि सफल नभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरु कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरु विरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरिएको उल्लेख गरिएकाे छ।

विज्ञप्ति हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...