सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

 लिम्बुवान न्युज
                       


ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

यसैगरि समितिको उपाध्यक्षमा राम तिलिङ र पुष्पाञ्जली तिलिङ, सचिवमा सम्भु फोम्बो, सह–सचिवमा बिमला इवारम, कोषाध्यक्षमा नितुरानी नेम्बाङ र सह–कोषाध्यक्षमा पबि तेम्र्बे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः दिलिप लुम्फुङ्वा, कबिराज आङ्देम्बे, निरन्ता नेम्बाङ, पुष्पादिवानी तिगेला, दिलकुमार चोङ्बाङ, बिपना हाङगाम, सुस्निता लिम्बू, आशा हाम्सोहाङ, पुर्ण लिम्बू सांवा, बिमला खजुम, उदय बेघा, नैना वनेम, रेखा लावती, एन्जिला नेम्बाङ, देबेन्द्र तुम्रोक, मिरा फियाक, माया आङ्देम्बे र इन्दिरा योङ्हाङ रहेका छन् ।

यस्तैगरी महाधिवेशनले विनोद सेरेङ, दिलिप फुरुम्बो, मनु नेम्बाङ र इन्दु तुम्सा सम्बाहाङ्फेलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी मुन्धुमविद येहाङ् लावतीले नवनिर्वाचित समितिलाई शुभकामना दिदै लिम्बु याक्थुङ् चलचित्र निर्माणका साथै आगामी दिनमा यसको विविध विषयमा कार्यशाला लगायतका कार्यक्रम गरी चलचित्रलाई उत्कृष्ट बनाउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, पुर्व जरल उपरथी होम लावती, गोविन्द आङ्बुङ, प्रोफेसर अर्जुन नुगो, राई चलचित्र कर्मी संघका महासचिव किरन राई, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, मुन्चइतका संघीय अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लिम्बु चलचित्र कथा सेन्सर बोर्ड गठन

याक्थुङ चलचित्र निर्माणलाई बिशिष्टिकरण गर्न याक्थुङ चलचित्र दर्ता कार्यविधी लिम्बू चलचित्र कथा सेन्सर बोर्ड गठन भएको चोक सयङले जनाएको छ ।

चलचित्र निर्देशक सुर्यप्रकाश चेम्जोङ संयोजक रहेको पाँच सदस्यीय समिति गठन भएको हो । समितिको सदस्य सचिवमा साङ्सेन पन्धाकलाई जिम्मेवारी दिईएको छ भने सदस्यहरुमा रवि सेर्मा, इन्दु फोम्बो र दिनेश माङ्मु रहेका छन् ।

यसरीगरी याक्थुङ् मुन्चइत चोक सयङले सोमबार ललितपुरस्थित किरात याक्थुङ् चुम्लुङको संघीय कार्यालयमा एक कार्यक्रम गरी १५औं स्थापना दिवस कार्यक्रम समेत मनाएको संघीय अध्यक्ष सागर केरुङले बताएका छन् ।

कार्यक्रममा लिम्बु चलचित्र निर्माण, कलाकार, निर्देशक लगायत विविध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यसैगरी विशिष्ट याेग्दान पुर्याउनु भएका महानुभावहरूलाइ सम्मान समेत गरिएकाे अध्यक्ष केरूङले बताए ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...