धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

माेरङ, १ भदाैं / धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा आयाेजित कार्यक्रममा साे पुस्तक सार्वजनीकिकरण गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले र विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकामा बसाेबास रहेकाे प्रथम धिमाल जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी  नगरपालिका भित्रका धिमाल टाेलहरुकाे वस्तुगत अवस्था, स्थान, नाम, ऐतिहासिक प्रमाण, जिवित संग्राहलय तथा हाेम स्टे सम्भावना लगायतकाे विषयमा खाेजि गरेर पुस्तकमा समावेश गरिएकाे अनुसन्धाता अजितकुमार धिमालले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख राईले धिमाल समुदायले आफ्नाे ईतिहास आफैले लेख्न सुरुवात गरेकाेमा बधाई दिदै धिमाल समुदायकाे जिवित संग्रालय निर्माणकाे आधार तयार भएकाे बताउनु भयाे । धिमाल जातिकाे भाषा, संस्कृति संरक्षणका लागि आफै जागरुक हुनु पर्ने बताउनु हुँदै नगरपालिका प्रथम जातिकाे विकासमा सदैव साथमा रहने समेत बताउनु भयाे ।

विशिष्ट अतिथि लेखक तथा पुर्व सांसद हर्कमान तामाङले पुस्तककाे समिक्षा गर्नु भएकाे थियाे । उहाँले राम्पुका दामा पुस्तक धिमाल जातिकाे अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरुकाे लागि महत्वपुर्ण सन्दर्भ सामग्री बनेकाे बताउनु भयाे ।

त्यस्तै धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिकाे महत्वपुर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरु पुस्तकमा संग्रहीत भएकाे बताउनु भयाे । उहाँले अध्ययन र त्यसबाट प्राप्त ज्ञानले समुदायलाई अगाडि बढाउने भएकाले अध्ययनमा जाेड दिन आग्रह गर्नु भयाे ।

कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरु तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कविन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातिय संस्थाहरुकाे तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

त्यस्तै साेहि कार्यक्रममा धिमाल जाति सम्बन्धी तयार गरिएकाे डकुमेन्ट्री समेत प्रमुख अतिथि दिलप्रसाद राईले भिडियाे प्ले गरेर सार्वजनीकिकरण गर्नु भएकाे थियाे । बेलबारी नगरपालिकाकाे सहयाेगमा निर्मित डकुमेन्ट्री काेशी नेपाल टिभिले निर्माण गरेकाे हाे ।

कार्यक्रममा विभिन्न राजनितिक दल, सामाजिक संस्था, जातीय संस्था तथा धिमाल अगुवाहरुकाे सहभागिता रहेकाे थियाे । धिमाल प्रथम जाति व्यवस्थापन समितिका अध्यक्ष रुकमिणि धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य धिमाल जातीय विकास केन्द्र, बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालले राख्नु भएकाे थियाे ।

(तस्वीरः अजित धिमालबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;