धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

माेरङ, १ भदाैं / धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा आयाेजित कार्यक्रममा साे पुस्तक सार्वजनीकिकरण गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले र विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकामा बसाेबास रहेकाे प्रथम धिमाल जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी  नगरपालिका भित्रका धिमाल टाेलहरुकाे वस्तुगत अवस्था, स्थान, नाम, ऐतिहासिक प्रमाण, जिवित संग्राहलय तथा हाेम स्टे सम्भावना लगायतकाे विषयमा खाेजि गरेर पुस्तकमा समावेश गरिएकाे अनुसन्धाता अजितकुमार धिमालले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख राईले धिमाल समुदायले आफ्नाे ईतिहास आफैले लेख्न सुरुवात गरेकाेमा बधाई दिदै धिमाल समुदायकाे जिवित संग्रालय निर्माणकाे आधार तयार भएकाे बताउनु भयाे । धिमाल जातिकाे भाषा, संस्कृति संरक्षणका लागि आफै जागरुक हुनु पर्ने बताउनु हुँदै नगरपालिका प्रथम जातिकाे विकासमा सदैव साथमा रहने समेत बताउनु भयाे ।

विशिष्ट अतिथि लेखक तथा पुर्व सांसद हर्कमान तामाङले पुस्तककाे समिक्षा गर्नु भएकाे थियाे । उहाँले राम्पुका दामा पुस्तक धिमाल जातिकाे अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरुकाे लागि महत्वपुर्ण सन्दर्भ सामग्री बनेकाे बताउनु भयाे ।

त्यस्तै धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिकाे महत्वपुर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरु पुस्तकमा संग्रहीत भएकाे बताउनु भयाे । उहाँले अध्ययन र त्यसबाट प्राप्त ज्ञानले समुदायलाई अगाडि बढाउने भएकाले अध्ययनमा जाेड दिन आग्रह गर्नु भयाे ।

कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरु तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कविन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातिय संस्थाहरुकाे तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

त्यस्तै साेहि कार्यक्रममा धिमाल जाति सम्बन्धी तयार गरिएकाे डकुमेन्ट्री समेत प्रमुख अतिथि दिलप्रसाद राईले भिडियाे प्ले गरेर सार्वजनीकिकरण गर्नु भएकाे थियाे । बेलबारी नगरपालिकाकाे सहयाेगमा निर्मित डकुमेन्ट्री काेशी नेपाल टिभिले निर्माण गरेकाे हाे ।

कार्यक्रममा विभिन्न राजनितिक दल, सामाजिक संस्था, जातीय संस्था तथा धिमाल अगुवाहरुकाे सहभागिता रहेकाे थियाे । धिमाल प्रथम जाति व्यवस्थापन समितिका अध्यक्ष रुकमिणि धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य धिमाल जातीय विकास केन्द्र, बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालले राख्नु भएकाे थियाे ।

(तस्वीरः अजित धिमालबाट)

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...