याक्थुङ चलचित्रमा याेग्दान पुर्याउने तीन जना सम्मानित

,   लिम्बुवान न्युज
                       

ललितपुर, १ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ चलचित्रमा याेग्दान दिने तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ । गत बुधबार ललितपुरस्थित चुम्लुङहिममा आयाेजित  सयङको १५औं स्थापना दिवसको अवसरमा  किशोर सुब्बा, मनु नेम्बाङ र समीर आङबुहाङ सम्मानित भएका हुन् ।

याक्थुङ चलचित्र क्षेत्रलाई योगदान पुर्‍याएबापत उनीहरूलाई सम्मान गरिएको मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरूङले बताए । सम्मानित व्यक्तित्वहरूलाई मुन्धुमविद येहाङ् लावती, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन र आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए  ।

सुब्बाले २०४४ सालमा नेपाली कथानक चलचित्र ‘मानिस’बाट चलचित्र निर्देशन सुरु गरी तुम्दङ् (२०४९), आनि साक्थिम (२०५४), लाजेरेन् थोक्ला (२०६४), अम्लारी फुङ् (२०६९), हेल्लुक्वा (२०७०), साम (२०७१) थेत्लङ् (७८) जस्ता ऐतिहासिक चलचित्रहरु र दर्जनौं लिम्बु म्युजिक भिडियो निर्माण/निर्देशन गरि याक्थुङ चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनको पुर्ख्यौलीघर ताप्लेजुङको फावाखोला हो ।

सयङले चर्चित पालाम गायिका नेम्बाङलाई याक्थुङ चलचित्र क्षेत्र र समुदायलाई महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका स्थायी घर भएकी नेम्बाङले २०५३ सालबाट सांगीतिक यात्रा सुरु गरेर आनि साक्थिम, मासेमी, लुङमा तुक्कील्ले, खाप्पुना मरङ्ना, माराम, चेसुङ्, फुङ्वामा, हेत्लुक्वा, लाम्देङमा, लोजिमा, सुगुप, युक्पुङजस्ता ऐतिहासिक लिम्बु चलचित्रहरु र सयौं लिम्बु गीतहरुमा स्वर दिएकी छन् ।

अर्का सम्मानित व्यक्तित्व आङ्बुहाङले ऐतिहासिक लिम्बु चलचित्र मासेमी (२०५६) र स्काई म्युजिक प्रालिमार्फत सयौं गीत निर्माण तथा बजार व्यवस्थापन गरेर याक्थुङ चलचित्र क्षेत्र र समुदायलाइ महत्वपूर्ण योगदान पुर्‍याएको सयङले उल्लेख गरेको छ । उनको पुर्ख्यौली घर आठराइ त्रिवेणी गाउँपालिका-५, नेसुम रहेको छ ।

चलचित्र बोर्डमा दर्ता भएको मुन्चइत चोक सयङ किरात याक्थुङ चुम्लुङबाट समेत मान्यताप्राप्त छ । याक्थुङ चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले सेन्सर समिति पनि गठन गरेको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;