फुङलिङ ताेक्मेडाँडामा ५० लाखकाे ‘ताक्वाचाङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भकाे शिल्यानास

,   लिम्बुवान न्युज
                       

दमक, ४ भदाैं । ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडामा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भ शिलान्यास गरिएको छ । लाखेजात्रा पर्बको अवसर पारेर सोमबार किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।

कियाचु ताप्लेजुङको ब्यवस्थापनमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’को याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच) सहितका कार्यक्रम गर्दै शिलान्यास गरिएको कियाचु ताप्लेजुङ जिल्ला समितिले जनाएको छ ।

लिम्बू/याक्थुङ समुदायमा प्रचलित धान नाच लोपोन्मुख भइरहेको बेला यसको झल्को दिने स्तम्भ निर्माण गर्न लागिएको हो । जुन स्तम्भ निर्माणका लागि ५० लाख रुपैयाँ लाग्ने कियाचु ताप्लेजुङको भनाई छ । कियाचु ताप्लेजुङ अध्यक्ष ईन्दिरा मेन्याङबोका अनुसार स्तम्भको पछाडिपट्टि कञ्चनजंघा, कुम्भकर्ण (फक्ताङलुङ) हिमालको झल्को दिनेगरिको स्थल बनाइनेछ । त्यसको अगाडि धान नाच्दै गरेका दुई याक्थुङ पुरुष र दुई  याक्थुङ महिलाको स्तम्भ रहने छ ।

स्तम्भको उचाई छ फुटको हुनेछ । जुन ३२ लाख रुपैयाँको लागतमा ताप्लेजुङमै त्यसको निर्माण गरिने अध्यक्ष मेन्याङबोको भनाई छ । जिल्लाबाहिरबाट निर्माण गरेर ल्याउँदा जोखिम बढ्ने र ढुवानी खर्चमा समेत भार पर्ने भएकाले आवश्यक कच्चा पदार्थ यही ल्याएर निर्माण गर्न लागिएको हो । लिम्बू संस्कृति झल्कने यस स्तम्भ निर्माण करिब तीन महिनामा सकिने बताइएको छ । मंसिरको पूर्णीमामा सकेर उद्धघाटन गर्ने योजनाका निर्माणको कार्यलाई तिब्र गतिमा लगिने ताप्लेजुङ चुम्लुङको तयारी रहेकाे छ ।

केही समय अगाडि मेला, महोत्सव, हाट बजारमा भेट भएका युवा–युवती हात समाएर पालाम भन्दै धान नाच्ने प्रचलन थियो । पालामकै माध्यमबाट एकापसको मन मिलेमा बिबाह समेत गर्ने संस्कार थियो । तर समयकाे परिवर्तनसँगै यस्तो संस्कार हटेर गएकाले यसको झल्को दिनेगरि यो स्तम्भ निर्माण गर्न लागिएको हो ।

यसअघि कियाचु जापानको आर्थिक सहयोगमा पाथीभरा मन्दिरको प्रबेशद्वारा समेत केःलाङ (च्याब्रुङ) स्तम्भ बनाइएको छ । विशेष गरेर लिम्बु/याक्थुङ जातिको विबाहमा नाँचिदै आएको च्याब्रुङ नाँच पछिल्ला समयमा नयाँ पुस्तामा कमै मात्र पुस्तान्तरण भएको पाईन्छ । अचेल विभिन्न मेला महोत्सव कार्यक्रममा च्याब्रुङ (केलाङ) नाच नचाउने चलन रहेकाे छ ।

(तस्वीरः इन्दीरा मेन्याङबाेबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;