शिवसताक्षीमा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्याः बुबाले दाउ प्रहार गर्दा छाेरा घाइते

,   लिम्बुवान न्युज
                       

दमक, ५ भदाैं । झापाको शिवसताक्षीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मेची नगरमा अर्का एक जनाले छोरामाथि धारिलो हतियार प्रहार गरेर सख्त घाईते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी ८ शिवालय टोलका ४७ बर्षिया ओमप्रकाश अधिकारीले आफ्नै श्रीमती अन्दाजी ३० बर्षिया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् ।

अधिकारीले मंगलबार (आज) साँझ करिब साढे ६ बजे आपसी विवादमा श्रीमती रञ्जनामाथी खुकुरी प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले हत्या आरोपी अधिकारीलाई तत्कालै पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी अन्दाजी साँझ ७ बजे मेचीनगर ३ दोकानडाँडाका ५७ बर्षिय पुण्यप्रसाद दाहालले ३० बर्षिय छोरा डिल्लीराम दाहालमाथि धारिलो दाउ प्रहार गरेर घाईते बनाएका हुन् । घाईते छोराको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;