लिम्बुहरू ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे

 लिम्बुवान न्युज
                       

ललितपुर, ५ भदाैं । लिम्बू/याक्थुङ समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारीमा जुटेका छन् । मंगलबार किरात याक्थुङ चुम्लुङकाे संघीय कार्याल ललितपुरमा पहिलो चरणको छलफल भएको हाे ।

किरात याक्थुङ चुम्लुङकाे बिषयगत समिती लिम्बू साँस्कृतिक परिषद संघीय कार्यसमितिले सुरु गरेको हो । पहिलो चरण अन्तर्गत परिषदका ललितपुर, भक्तपुर र काठमाडौका समितिसँग छलफल भएको छ ।

कार्यक्रममा लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ्द्वारा प्रस्तुत ‘याक्थुङ राष्ट्रिय गान निर्माण कार्यविधि’ बारे छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको छ ।

कियाचुले एकदशक अघिदेखि याक्थुङ राष्ट्रिय गान निर्माण गर्नेबारे निर्णय गर्दै आए पनि हालसम्म निर्माण हुनसकेको छैन । परिषदको चौँथो राष्ट्रिय महाधिवेशन २०८० पुस २४/२५ धरानबाट घोषित समसामयिक प्रस्तावहरुद्वारा ल्याइएको कार्यक्रमको कार्यान्वयन गर्न लागेको बताइएको छ ।

याक्थुङ समुदायको साझा बुझाइबाट याक्थुङ राष्ट्रिय गान निर्माण गर्ने परिषदका पुर्व अध्यक्ष तथा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।

हालसम्म नेपालमा तामाङ, मगर, नेवार, गुरुङ लगायतको आफ्नै राष्ट्रिय गान निर्माण भएको पाइन्छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...