दमक हाेटल व्यवसायी संघले चुम्याे वस्तुगत फुटसलकाे उपाधी

 लिम्बुवान न्युज
                       

दमक, ७ भदौ/  दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवसको अवसरमा आयाेजित  दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताकाे उपाधि होटल व्यवसायी संघले हात पारेकाे छ ।

प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई पराजित गर्दै होटल व्यवसायी संघले उपाधि जित्न सफल भएको हो । उसले ३३ हजार ३ सय ३३ नगद र कप पुरस्कार हात पार्यो । उपविजेता निर्माण व्यवसायीले २२ हजार २ सय २२ रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्यो ।

विजेता टिमका सुजन राईलाई उत्कृष्ठ खेलाडी घोषित गरी नगद ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । अनुशासित टिमको उपाधि कस्मेटिक तथा व्याग व्यवसायी संघले प्राप्त गर्यो । उसलाई ३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा वस्तुगत १२ र आयोजकको एउटा सहित दमकका १३ टिमको सहभागिता रहेको थियो

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...