फाेनिज झापाले रजत बर्ष मनायाे

 लिम्बुवान न्युज
                       

दमक, १० भदाैं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति झापाले २५औं स्थापना दिवस (रजत बर्ष) मनाएको छ । आइतबार झापाकाे बिर्तामोडमा ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार जन्य संघसंगठनका अगुवाहरुले ब्यवहारिक समावेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज केन्द्रीय उपाध्यक्ष कमान देवानकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रम झापाकी अध्यक्ष भुमिका फियाक लिम्बूको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले प्रस्तुत गरेको कार्यपत्र माथि नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, दलित पत्रकार संघ झापाका उपाध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल खेलकूद पत्रकार मञ्च तथा फोटो पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजीत मुखिया, फोनिजकी संघीय सदस्य सुजता लिम्बु, समाजवादी प्रेस संगठनका झापा अध्यक्ष शम्भूजित दाहाल,पत्रकार सुव्रत न्यौपाने,लगायतका बक्ताहरूले समावेशिता पत्रकारितालाई जोड दिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा झापाका फाेनिजमा आबद्ध पत्रकार लगायत पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;