माेरङले चुम्याे ताप्लेजुङ गाेल्ड कपकाे उपाधि

,   लिम्बुवान न्युज
                       

दमक, १० भदाैं ।  अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता २०८१ को उपाधि मोरङले चुमेको छ । सोमबार सम्पन्न फाईनल खेलबाट सिरहाको सलहेस युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधि चुमेकाे हो ।

मोरङले सुरुवाती खेलको दोश्रो मिनेटमै गरेको गोल नै जितका लागि निर्णायक बन्यो । बिजय भुजेलले सुरुवाती खेलमै प्रहार गरेको बलले जाली चुमेसँगै फाइनल जितका लागि पर्याप्त बन्यो । निर्धारित समय अवधि भरि दुवै समहुले आक्रामक ढंगले खेलेपनि सिरहाले कुनै गोल फर्काउन नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगिताको बिजेता टिम मोरङले उपाधि चुमेसँगै नगद ५ लाख रुपैयाँ र उपबिजेता सिरहाले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खेल अवधि भरि बिभिन्न बिधामा उत्कृष्ट बनेका खेलाडीलाई समेत उचित नगद पुरस्कार गरिएको छ ।

लाखे जात्रा समितिद्वारा संचालित दाेस्राे संस्करणकाे प्रतियाेगिता भाद्र ३ गतेबाट सुरु भएको थियाे । प्रतियोगितामा ८ टीमलाई सहभागी भएका थिए । भारतका १ सहित जिल्ला बाहिरका ७ टीमले सहभागीता जनाएका थिए ।

गत वर्षको संस्करणमा आमन्त्रण गरिएको भन्दा अन्य फरक टीमलाई यस वर्षको संस्करणमा समाबेश गराइएको थियो ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;