कियाचू लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय के?लाङ (च्याब्रुङ) प्रतियोगिता गर्ने

,   लिम्बुवान न्युज
                       

दमक, १७ भदौं । किरात याक्थुङ चम्लुङ लिम्बुवान प्रदेश समितिले आगामी याक्थुङहरुको महान पर्व चासोक तङनाममा अन्तर्राष्ट्रिय केलाङ (च्याब्रुङ नाँच) प्रतियोगिता गर्ने भएको छ । प्रदेश समितिको आइतबार दमकस्थित लाट्टे आर्ट क्याफेमा बसेको छैटौं पूर्ण बैठकले निर्णय गरेको छ ।

समितिले ३६औं स्थापना दिवसको अघिल्लो दिने बैठक बस्दै अन्तर्राष्ट्रिय केलाङको आयोजना गर्ने समितिका अध्यक्ष मधुराज केरुङले बताउनु भयो । भारतका विभिन्न प्रान्त, भूटान, मेनमार, हङकङ, बेलायत लगायत देशहरुबाट कार्यक्रममा सहभागी गराउने बताउनु भयो । उनले प्रतियोगिता विजेताहरुलाई लाखौंको पुरस्कार राशी प्रदान गरिने बताउनु भएको छ ।

यसैगरी उक्त बैठकले प्रदेश समितिमा हेरफेर गरेको जनाएको छ । हेरफेर गरिएको समितिको अध्यक्ष मधुराज केरुङ पान्थर, उपाध्यक्षहरुमा टंकमाया लिम्बु तेह्रथुम, तीर्थ सावदेन इलाम, मुख्यसचिव नरेन्द्रराज केरुङ पान्थर, सचिवहरुमा जितेन पन्धाक झापा, दिलु लिङदेन लावती मोरङ, कोषाध्यक्षमा विन्द्र कुमार लिम्बु मोरङ त्यसैगरी सचिवालय सदस्यहरुमा इन्दीरा मेयोङबा तुम्बापो पान्थर र कविन्द्र सेर्मा झापालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी सदस्यहरुमा बुद्ध इङवा पान्थर, रघुवीर नेम्बाङ पान्थर, दिलु सुब्बा सुनसरी, महेश्वर हुक्पाचोङबाङ सुनसरी, धनमाया एक्तेन इलाम, रमेश मादेन ताप्लेजुङ, मनकुमारी पन्धाक झापा, विक्रम वनेम फागो झापा, गीता खजुम मोरङ, मौसम माखिम मोरङ, प्रेम तुम्बाहाङ धनकुटा, दिलु इङनाम तेह्रथुम, अर्जुन लिम्बु, मोरङ, सन्देश सुब्बा, पान्थर, दिलकुमार लावती झापा, सन्देशकुमार सुब्बा झापा र सकुन्तला आङदेम्बे धनकुटा रहेको जनाइएको छ ।

यसैगरी लिम्बुवान प्रदेश समितिको सल्लाहकारहरुमा माननीय सदस्य तथा पूर्वमन्त्री श्रीप्रसाद जवेगु, सह प्रा.डा. मोहन तुम्बाहाङ, प्राज्ञ दिलेन्द्र सुब्बा, डा. चित्र मावो, नरेन्द्र कुमार केरुङ, विष्णु तुम्बाहाङफे, अधिवक्ता याम योङहाङ, अर्थशास्त्री एल.बि. पालुङवा, साहित्यकार सेसेमी से नाल्बो, इतिहासकार टेकरत्न चेम्जोङ र भविराज तुम्सा रहेको अध्यक्ष केरुङले बताउनु भयो ।

बैठकले भावी कार्यक्रमका साथै कोशी नाम खारेजी लगायत कियाचू संघीय समितिले आयोजना गर्ने सबै कार्यक्रमहरुमा शसक्त रुपमा सहभागिता जनाउने र जिल्ला लगायत अन्य तहहरुमा संगठन सुदृणीकरण लगायतका कार्यक्रमहरु पुराउने निर्णय भएको जनाएको छ । यसैगरी आगामी मंसिर २ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आयोजना गर्ने वृहत जनप्रदर्शनमा कियाचूबाट शसक्त सहभागिता जनाउन सबै तहलाई निर्देशन समेत दिने प्रदेश अध्यक्ष केरुङले बताउनु भएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;