पूर्व प्रधानमन्त्री प्रचण्ड झापा आउँदै

 लिम्बुवान न्युज
                       


दमक, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २९ गते झापा आउने जनाइएको छ ।

बुधबार बिर्तामोडमा माओवादी झापाले पत्रकार सम्मेलन गरी दाहाल भदौ २९ गते झापा आउने तय भएको जानकारी दिएको हो ।

भदौं ३० गते पार्टीले आयोजना गर्ने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि दाहाल झापा आउन लागेको माओवादी केन्द्र झापाका इन्चार्ज झलकसिंह दर्लामीले सम्मेलनमा जानकारी दिएका छन् ।

इन्चार्ज दर्लामीले सोही अबसरमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई दाहालले स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको बताए ।

प्रचण्ड करिब ६ बर्षपछि झापा आउन लागेका हुन् । उनी सोही दिननै राजधानी फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...