याक्थुङ मुन्चइत अक्षयकोष स्थापना

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ ।

बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो ।

 

समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यमा कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बालाई निर्वाचित गरेका छन ।

भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना दिएका थिए ।

याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ बर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारहरुलाई मासिक एघार सय एघार रुपैयाका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...