अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङलाई

,   लिम्बुवान न्युज
                       

दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ ।

शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले नगद ३० हजार रुपैयाँ हात पारेको छ । उपविजेता धरानले २० हजारमा चित्त बुझाएको छ ।

फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य नारा रहेको सो प्रतियोगिताको उत्कृष्ट गोल रक्षक सुजन बर्देबा, सर्वाधिक गोलकर्ता सनिल राई, र उत्कृष्ट खेलाडी सुमन राईलाई ट्रफी प्रदान गरिएको छ । खेलको समापन अघि दमक ईसाई समाजका पास्टर तथा पत्रकारहरुको मैत्रीपूर्ण खेल भएको थियो ।

दमक ५ स्थित बिस्ट फुटसल खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा कडा प्रतिस्पर्धात्मक खेल भएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ समूहले भाग लिएका थिए ।

प्रतियोगिताको उदघाटन दमक नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक एल्डर शिखर राईको अध्यक्षतामा भएको थियो ।

उदघाटनमा दमक वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, इसाई समाजका अध्यक्ष हेमन्त सुब्बा, सचिव अजय पाठक, समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष आकाश थुलुङ लगायतको उपस्थिती थियो ।

 

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;