दमकस्थित भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टहरुमा भेटिए अखाद्यय सामग्री

,   लिम्बुवान न्युज
                       


दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल र आरामदायी सोफाहरु पनि प्रसस्तै छन् । अनि यहाँ बसेर खानेकुरा बेच्ने देशकै चर्चित रेष्टुरेण्टहरु मार्केटमा छन् ।
देशको मौलिक तथा सांस्कृतिक परिकारहरु त होस नहोस् कुनै मतलब नै छैन तर त्यसभित्रका रेष्टुरेण्टहरुमा आधुनिक परिकारहरु पेपे पिज्जा, क्रन्ची चिकेन, मम फ्रम द हिमालयस, अतिथी भेजिटेरियन रेष्टुरेण्ट रहेका छन् । बाहिरबाट हेर्दा खाउ खाउ नै लाग्नेगरी सफा चिटिकै पारि राखेका छन् । रेष्टुरेण्टको अगाडि काउण्टर लगायत वेटरहरु पनि आ–आफ्नो पोशाकमा चिटिक्कै सजिएर ग्राहकको सेवामा समर्पित छन् ।
नेपालकै चैन रेष्टुरेण्टको भित्र बेच्न राखिएको खानेकुराहरुमा भने मानव स्वास्थ्यलाई असर पार्नेगरिको सामग्री मिसावट गरेर बेच्ने गरेको पाइएको छ । भदौं २७ गते बिहीबारका दिन दमक नगरपालिकाको खाद्य प्रयोगशाला सहितको टोलीले अनुगमन गर्दा यहाँ सञ्चालनमा रहेका सबै रेष्टुरेण्टहरुमा कैफियत भेटिएको छ ।

दमक नगरपालिकाकी खाद्य निरीक्षण लक्ष्मी न्यौपानेले जानकारी दिँदै भन्नु हुन्छ ‘खानेकुरालाई अखाद्य रङ्गहरु प्रयोग गरेर रङ्गीन बनाउने र मिसावट गरेर बेच्ने गरेको पाइयो । साथै यहाँ प्रयोग गरिएका तेलहरु पनि धेरै पटक प्रयोग गरिएको पाइयो । हामीले यी कुरा सुधार गर्न चेतावनी सहितको पत्र दिएका छौ ।’ निरीक्षण प्रमुख न्यौपानेले बताइन् ।
दमक नगरपालिकाको अनुगमनमा दमक उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, नगर प्रहरी र पत्रकार सहितको टोली सहभागी भएका थिए । उपभोक्ताको स्वच्छ खाना खान पाउने अधिकारलाई कुण्ठित गर्दै यसखाले मिसावटयूक्त खाद्य सामग्री यहाँका रेष्टुरेण्टमा भेटिएकोमा उपभोक्ता मञ्च दमकका अध्यक्ष डा. नवीन चापागाईले चिन्ता व्यक्त गरेका छन् ।
दमक नगरपालिकाले बेला बेलामा आम उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै यस्ता खाले अनुगमन गर्दै आएको छ ।
अनुगमनपछि सञ्चारकर्मीहरुलाई प्रतिकृया दिदै अनुगमन समिति संयोजक तथा दमक नगरकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले भाटभटेनीको माथिल्लो तलामा सञ्चालनमा रहेका रेष्टुरेण्टहरुमा धेरैनै अखाद्य रङ्गहरु मिसाइएको, मानव स्वास्थ्यमा असर पार्नेगरिको केमिकलहरु समेत भेटिएकोले अहिले पहिलो पटकलाई चेतावनी दिइएको बताइन् । खाद्य कुराहरुमा यसरी अखाद्य समाग्री प्रयोग गरेर उपभोक्ताहरुको स्वास्थ्यमा असर पर्नेखाले कार्य नगर्ने रेष्टुरेण्टहरुलाई चेतावनी दिइएको उप्रमुखले वताइन् ।
यसैगरी दमक नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका अन्य रेष्टुरेण्टहरुमा खाद्य सामग्रीमा प्रयोग गरिने रंग र अन्य स्वादनै फेरिदिने केमिकललाई निस्तेज गर्ने अभियान निरन्तर चलाई रहेको वताइन् । उपप्रमुख भट्टराईले सानादेखि ठूला सबै खाले रेष्टुरेण्टहरुमा चाडपर्वमा थप अनुगमन गरिरहने बताइन् ।
यसैगरी दमकको मुख्य गणतन्त्र चौकमा साँझ संचाति विभिन्न ठेलाहरुमा समेत नगरपालिकाको खाद्य परिक्षण टोलीले अनुगमन गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;