दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो ।
प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेकोे मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन् ।
नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रयास वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, युवाहाङ राई, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।
यसैगरी उक्त नाटकको संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र मावोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहा बसोबास गर्ने लिम्बू याक्थुङ समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छ ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभरा नाम रुपान्तरण गरेर हिन्दुकरण गरिएको छ । का नामले प्रसिद्ध छ । नामाकरण परिवर्तनसँगै लिम्बु याक्थुङहरुको मौलिक सांस्कृतिक मुन्धुमी स्थलमाथिको अतिक्रमण शुरु हुँदै यतिवेला पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।
केवलकार खारेजी संघर्ष समिति, प्रदेश नंं १ पुनः नामाङकन संयुक्त संघर्ष समिति लगायत दर्जनौं संघसंस्था पहिचानवादी पार्टीहरुले मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् । त्यस क्षेत्रको सम्पदा, प्राकृतिक जैविक विविधता, हिमाली जिव जन्तु लगायत त्यस क्षेत्रका आम नागरिकको रोजीरोजी समेत निजी कम्पनीले छिन्ने भन्दै आन्दोलन अघि बढाइएको स्थानीयहरुको भनाई रहेको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...