२०७२ मा जारी संविधान पुनरावलोकन बारे बहसको शुभारम्भ

 लिम्बुवान न्युज
                       


ललितपुर, २ भदौं । नेपाल आदिवासी जनजाति महासंघ र लाहुर्निपको संयुक्त आयोजनामा “संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकार सम्बन्धि आदिवासी सभा“ भब्य रुपमा सम्पन्न भएकोछ ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङकाे संघीय कार्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रममा अधिबक्ता शंकर लिम्बुको कार्यपत्रमा दर्जनौ आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि तथा अभियान्ताहरुले आ–आफ्नो धारणा सहित सुझाबहरु रहेका छन् ।

नेफिन र लाहुर्निपद्वारा उक्त बिचारहरुलाई दस्ताबेजिकरण गरि आगामी दिनहरुमा संविधान बारे बहसलाई थप अगाडि बढाउने कार्ययोजना बनाईएको नेफिन महासचिव दिवस राईले बताउनु भयो ।

कार्यक्रममा नेफिनका संस्थापक महासचिव तथा राष्ट्रियसभा सदस्यमा. सुरेश आले मगर लगायत विभिन्न जातीय घटक संस्थाहरु, सम्बन्धन संगठनहरु र भुमि, सम्पदा अधिकार आन्दोलनका अभियान्ताहरु गरि १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रम नेफिनका अध्यक्ष ग्याल्जे शेर्पाकाे संयाेजकत्वमा भएकाे थियाे । (तस्वीरः दिवस राइकाे संजालबाट)

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...