असाेज १५ मा चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित  चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग मुभिजमा चलचित्र ‘चे’ प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शनको लागि समाजसेवी सलमान थलङको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । यस्तै, अर्थ संयोजकमा चलचित्रकर्मी इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम, निशा तुम्वापो, कुमारी फियाक र जुनु माङलाक रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशम तुम्बापो रहेका छन् ।

यस्तै, भवेन्द्र थाम्सुङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, पदमकुमारी फियक, प्रतिमा, कर्णहाङ सुब्बा, प्रनृश थेबे, संगीत आङ्खेवा, अभिशेख केरुङ, राजु घिमिरे, यलम्बर खम्बु, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ र याम केरुङ लगायत कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रकाे ट्रेलर हेर्नुहाेस्

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...