अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

 लिम्बुवान न्युज
                       

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा गएको पहिरोमा पुरिएर बस तथा हाइस सवार ३५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

अविरल परेको पानीका कारण बाढी तथा पहिरोमा परेर एक सय ११ जना घाइते भएका छन् । घाइतेहरुको सरकारले निःशुल्क उपचार भइरहेको जनाएको छ ।

करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको गृहमन्त्रायलले जनाएको छ । आइतबार मात्र काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यन्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने सरकारले जनाएको छ ।

सरकारले सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध सडकहरुलाई तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको गृहमन्त्रालयले सूचना जारी गरेको जनाएको छ । साथै प्रदेश सरकार, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तह मार्फत बनेको समितिसमेत सबै निकायहरु खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको समेत जनाएको छ ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;