काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

,   लिम्बुवान न्युज
                       


ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो ।

विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजाति याक्थुङ (लिम्बू) समुदायको संस्कृतिमा आधारित चलचित्र ‘चे’ हेर्न राजधानीस्थित याक्थुङ (लिम्बू) समुदायका अगुवा, साँस्कृतिक अभियन्ता, युवा–युवती र बृद्ध–बुद्धासम्म उक्त मल्टिप्लेक्स पुगेका थिए ।

भौतिक विकास गर्ने क्रममा प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको बिनास गरिंदा निम्तिने समस्याको कथा भन्ने चलचित्र ‘चे’लाई आर्ट मूभिमा लामो समय काम गरेका सागर केरुङले निर्देशिन गरेका छन्। चलचित्रले विकास निर्माणको क्रममा समाधीस्थलहरुको बिनास गरिएका शन्दर्भ र त्यसले निम्त्याएको समस्यालाई देखाउन खोजेको छ ।

याक्थुङ (लिम्बू) समुदायले भोग्नु परेको समस्यालाई चलचित्र मार्फत आम दर्शकलाई देखाउन खोजेको निर्देशक केरुङले बताए । दुई घन्टा लामो फिल्ममा आधुनिक विकासले निम्त्याएको द्वन्द्वको कथा छ । चलचित्रमा विकासको नाममा प्राकृतिक तथा साँस्कृतिक सम्पदा मास्न खोज्ने र जोगाउन खोज्नेबीचको द्वन्द्व देखाइएको छ ।

याक्थुङ (लिम्बू) भाषामा ‘चे’ को अर्थ ‘लास’ हुन्छ । फिल्मले मानिस मरेपछि जमिनमुनि गाड्ने परम्परा बोकेको लिम्बू समुदायको समस्यालाई उजागर गरेको छ । आदिबासी लिम्बू याक्थुङ वस्ती पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा आधुनिक विकासले आदिवासीलाई कसरी लास सरह बनाउदै लगिरहेको छ भन्ने कुरा देखाउन खोजेको छ ।

चलचित्रमा निर्देशक केरुङ्, बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ । याक्थुङ फिल्मस् प्रा.लि.का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ्ले निर्माण गरेको ‘चे’लाई देश–विदेशका विभिन्न स्थानमा स्क्रिनिङ् गरिने निर्देशक केरुङ्ले बताए ।

चलचित्र चे याक्थुङ फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यसअघि के, पुङसाम, तुम्बेहाङ, के टु फिल्म निर्माण एवं निर्देशन गरेका केरुको यो चौंथो फिल्म हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;