औद्योगिक पार्कका पीडितहरु पुनः आन्दोलित हुँदै

,   लिम्बुवान न्युज
                       

दमक,१८ असोज । झापाको दमक र गौरादह नगरपालिका साथै कमल गाउँपालिकाको क्षेत्रमा निर्माण हुने भनिएको नेपाल-चीन मैत्री औद्योगिक पार्कमा पर्ने जग्गा धनीहरू पुनः आन्दोलित भएका छन् । मुआव्जा उचित नभएको भन्दै गठित यस अघिका दुईवटा संघर्ष समिति वीच एकिकरण गरेर आन्दोलन थप शसक्त बनाउन मूल समिति गठन गरि आन्दोलन चर्काउने घोषणा गरेका हन् ।

यसअघि रतुवा खोलाको पूर्व पट्टि कमल गाउँपालिका – ७ र गौरादह नगरपालिकाको वडा नम्बर ५ क्षेत्रलाई समेटेर गठन गरिएको संघर्ष समिति र रतुवा पश्चिम दमक -१० का पीडितहरुले गठन गरेको संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । यी दुवै समितिको दमकमा भएको एक भेलाले संयुक्त संघर्षका कार्यक्रमहरु अघि बढाउने गरी दमकका पूर्व वडाअध्यक्ष समेत रहेका स्थानीय खगेन्द्र बहादुर भट्टराईको अध्यक्षतामा दमक औद्योगिक पार्क सरोकार मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा देवीप्रसाद दाहाल र कमला बस्नेत ,सचिवमा टंकप्रसाद न्यौपाने, सह सचिवमा मोहन सुब्बा र कोषाध्यक्षमा रोमनाथ भण्डारी चयन भएका छन् । समितिका सदस्यहरुमा धर्मानन्द सेडाईं, भक्तबहादुर विष्ट, बदी राई, शुभद्रा जोशी, प्रेमबहादुर श्रेष्ठ लगायत रहेका छन् ।

दुवै समितिले आ–आफ्नो तरिकाले संघर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि अब भने एकिकृत भएर आफ्ना मागहरुको बारेमा सरकारलाई दबाब दिने उद्देश्यले उक्त सरोकार मञ्च गठन गरिएको सल्लाहकार समिति संयोजक डा. खगेन्द्र पाण्डव अधिकारीले जानकारी दिए । अधिकारीको संयोजकत्वमा गगन पुरी, हेम सुवेदी, राजेन्द्र भण्डारी, धनराज सुब्बा, प्रकाश प्रसाईं, रबिन गुरुङ, पर्शुराम कार्की र लोमनाथ भण्डारी सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

यस अघिका दुवै समितिले सर्वोच्च अदालतमा जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै मुद्धा दायर गरेको साथै आ- आफ्नो तरिकाले आन्दोलन र दबाबका कार्यक्रमहरु गर्दै आएकोमा अब एकिकृत रुपमा दबाब कार्यक्रम अघि बढाउने समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

चीन सरकारको ‘वान बेल्ट वान रोड’ परियोजना अन्तर्गत करिब ६५ अर्ब रुपैयाको लगानी रहने भनिएको उक्त औद्योगिक पार्क निर्माणका लागि आफ्नो सदियौं वर्ष पुरानो हकभोग कायम रहेको जग्गाको मुआब्जा वितरणमा सरकारले लापरबाही गरी सर्वसाधारणलाई उठिबास लगाउन आँटेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले समिति गठन गरी आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;