दमक बन्याे झापा मिडिया कपकाे विजेता

 लिम्बुवान न्युज
                       

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको हो।

जितसँगै दमकले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भद्रपुरले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दमकको जितका लागि शिशिर उप्रेतीले दुई गोल गरे भने राम भेटवालले एक गोल गरे। भद्रपुरका लागि रोजन पाठकले एक गोल फर्काए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुशन राई, उत्कृष्ट मिडफिल्डर दमकका शिशिर उप्रेती, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझी भए। उनीहरूलाई स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकाको उत्पादन गुन्द्रुक र चिया दिइएको थियो।

विजेता लगायतलाइ पुरस्कारकाे रूपमा स्थानीय उत्पादनलाइ प्रवर्द्धन गरि पुरस्कार प्रदान गरिएकाेमा कार्यक्रममा यसबारे निक्कै प्रशंसा भएकाे थियाे ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;