निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण

,   लिम्बुवान न्युज
                       

दमक, १९ असोज/ आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भव्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको हो ।

स्रष्टा पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजकार केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
लोकार्पण पुस्तकमाथि सामूहिक  विमर्श गरिएको थियो । विमर्शमा समालोचक मिश्र वैजयन्ती, आख्यानकार कुमार भट्टराई र लेखक कृष्ण बरालबीच बहसको प्रकाश थाम्सुहाङले सहजीकरण गरेका थिए ।

चालीसको दशकदेखि निरन्तर साहित्य लेखन/चिन्तनमा अभ्यस्त साहित्यकार कृष्ण बराल लीलालेखन सम्बद्ध एक दिग्गज प्रतिनिधि लेखक हुन् । जीवन भोगाइका दिग्भ्रमित खेलहरूलाई सिलसिलेवर ढङ्गले दुरूस्तै लेख्नु उहाँको लेखकीय निपुणता हो ।

शब्दलाई जीवन प्रतिबिम्ब मान्ने,समावेशी चिन्तनका अनुयायी कृष्ण बरालका यसअघि तीन पिढी एउटा सिढी निबन्ध संग्रह, लीलावार्ता र शरणार्थी लीला समालोचना, कथा च्यातिएका कथा संग्रह,अवतरण उपन्यास, अरामायण उपन्यास, समय, हराएको बेला उपन्यास जस्ता छ वटा गहकिला कृतिहरु प्रकाशित भइसकेका छन् ।

महानन्द पुरस्कार, जयन्द्र प्रसाई साहित्य सेवा पुरस्कार, पद्मश्रीपुरस्कार, दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार जस्ता दर्जनौ मानसम्मानद्वारा विभूषित बरालका नातिपुस्ताको खेल निबन्ध संग्रह सातौ कृति हो ।

लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, कवि अभागी थेगुवा, कवि प्रकाश बुढाथोकी, कवि लिला अनमोल, स्रष्टा भुपेन्द्र तिम्सिना, गजलकार कृष्ण काश्यप, कवि सेलीङ केसी, जितेन पन्धाक, निहाङ किराँती, डाक्टर बालचन्द्र सुब्बा, कृष्ण उदासी, दिलिप राई सगर, बिरु स्वामी, रुमानी कुलुङ लगायत दर्जनौ कवि, गजलकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति रहेकाे थियो।

“नातिपुस्ताको खेल” विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो । निबन्ध सङ्ग्रहमा सजिला र जटिल दुवै खाले  निबन्धहरु समावेश छन्, जसले पाठकलाई स्मृतिमा हराउने र फरक चेतनाको अनुभव दिने निबन्धकार बराल बताउछन् ।

विगत दुई दशकदेखि झापाको दमकमा दमक स्रष्टा छापाखाना सञ्चालन गर्दै आएका साहित्यकार याम थुलुङकाे संचालनमा रहेको स्रष्टा पब्लिकेशनले कृति प्रकाशन गरेकाे हाे । उक्त पब्लिकेशनले हालै मात्र प्रकाशन गरेकाे कवि अभागि थेगुवाकाे कृति ‘सपनाहरूकाे बहि’ पहिचान पुरस्कारकाे छनाैट चरणमा पुगेकाे छ ।

“नातिपुस्ताको खेल” नामक निबन्ध सङग्रहलाई पनि स्रष्टा  प्रकाशनद्धारा प्रकाशित गरेको हो ।
पब्लिकेशनका उपाध्यक्ष स्रष्टा याम थुलुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार सुब्बा अनिश्चितले गरेका थिए।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;