मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले प्रदेश १ बाट ४४ जनाकाे उद्दार

 लिम्बुवान न्युज
                       

दमक, २ कार्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाको उद्धार गरिएको छ ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६ जनाको उद्धार गरिएको हो । जसमध्ये बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि १६ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका ८ जना पुरुष र ८ जना महिलालाई आश्रमको विराटनगर शाखामा लगिएको छ । उद्धार टोली बिहीबार उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।असोज २८ गतेबाट पूर्वको मेचीनगर नपाबाट सुरु भएको यात्राको चौथोदिन कार्तिक १ गतेसम्मको अवधिमा उदयपुरको गाईघाटसम्म आइपुग्दा १नं. प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

यात्राको पहिलो दिन मेचीनगर नपाबाट ४ जना, बिर्तामोड नपाबाट २ जना, कन्काईबाट २, शिवसताक्षीबाट २, दमकबाट २ गरि झापाबाट १२ जनाको उद्धार गरिएको थियो ।

त्यस्तै यात्राको दोस्रो दिन बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिकाबाट १ गरि मोरङ जिल्लाबाट ४ जना र तेस्रो दिन दुहबीबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरानबाट ४ जना गरि सुनसरी जिल्लाबाट १२ जना र आज उदयपुर जिल्लाबाट १६ गरि १ नं. प्रदेशबाट ४४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

आज शुक्रबार मधेश प्रदेशका जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना स्वमसेवक परिचालित छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...