दमक भ्यू टावर संचालन बारे छलफल

 लिम्बुवान न्युज
                       


दमक, ८ कार्तिक । झापाको दमकमा अर्वौको लागतमा निर्मित भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स)को संचालन बारे छलफल भएको छ । सहरी विकासका निर्देशक तेज बहादुर राईको उपस्थितिमा दमक नपामा छलफल भएको हो ।

छलफलमा कार्यवाहक नगर प्रमुख रेगिना भट्टराइले राज्यको अरबौं लगानी रहेको भ्यू टावर राष्ट्र कै सम्पति हो । उनले भनिन दमक नगरपालिका र प्रदेश नं. १ कै सम्पति भएको हुँदा छिटो भन्दा छिटो सन्चालन गरेर लगानिलाई प्रतिफलमा परिणत गर्न सरकारका तिनै तहले गम्भीर रूपमा लिनु पर्ने बताएकी छिन् ।

दमक नपाको सभाहलमा भएको बैठकमा दमक नपाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की, दमक वडा नं.३ का अध्यक्ष नविन बराल, दमक वडा नं. ७ अध्यक्ष भीम पौडेल, ई.अनन्त सेनेहाङ, ई गणेश गुरुङ, सहरी विकास तथा भवन निर्माण विभाग इलाममा डिभिजन प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

छलफल पश्चात दमक भ्यू टावर तथा सभा गृहको समेत स्थलगत अवलोकन गरिएको नगरपालिका स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...