भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को अधिवेशन समिति गठन

,   लिम्बुवान न्युज
                       


दमक, १० कार्तिक । झापाको दमक १ स्थित जेपि होटलमा सम्पन्न याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को प्रथम अधिवेशन आयोजक समिति गठन भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा ४४ सदस्यीय अधिवेशन आयोजक समिति गठन भएको हो ।
सयङका संघीय अध्यक्ष सागर केरुङ्को प्रमुख आथित्यमा सम्पन्न भएको उक्त भेलाले यहि मङ्सिर १४ र १५ गते दमकमा अधिवेशन गर्ने निर्णय भएको संयोजक तुम्बाहाम्फेले लिम्बुवानखबरलाई बताए ।
शनिबार गठित आयोजक समितिको सहसंयोजकहरुमा कुशल थलङ, मिना नेम्बाङ, बविन आङदेम्बे छन् भने सदस्य सचिवमा नुनाम केरुङ् रहेका छन् । यसैगरी अर्थ संयोजकको जिम्मेवारी दुर्गा तुम्सालाई दिईएको छ ।
यसैगरी सदस्यहरुमा बुद्धराज फोम्बा, चन्द्र फुरुम्बा, दिलिप कुमार योङ्, प्रमिता लिम्बु, सुमन कुरुम्बाङ, सुमन सानु कुरुम्बाङ, रवी किरण मादे, टीआर सेनेहाङ, मदन वनेम, डीबी लिम्बु थेगिम, मनकुमार योङहाङ, टिकाहाङ लिम्बु, गणेश योङहाङ, मनु योङहाङ, आशा साँवा लिम्बु, दिलु सुब्बा, सुरज जबेगु लिम्बु, जयन्ती सुहाङ, बिक्रम येक्तेन, संगीत आङखेवा, सागर सिंगल, गंगा कन्दङवा, अप्सरा बोखिम, आकाश लावती ‘ताङसाङ’, खगेन्द्र माङवाजी, हिमाल लिम्बु, चन्द्र तुम्सा, चन्द्रकला साँवा, तेज आङबुहाङ, पुष्पा वनेम, सुनिता थक्सु, बिनु तुम्बाहाम्फे, कर्मिला आङदेम्बे, गीता नेम्बाङ, मिना मादेम्बा, अवि चेम्जोङ, बन्दना फेवादीन र मेनुका योङहाङ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि केरुङ्ले याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको एक मात्रै साझा संगठन याक्थुङ मुन्चइत चोक सयङले देढ दशकयता याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको हक, अधिकार, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा सबैखाले अभियानहरु सञ्चालन गर्दै आइरहेको बताए ।
उनले यो सयङ् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अन्तर्गत दर्ता भएको संस्था हो र नेपालका आदिवासी जनजाति चलचित्रकर्मीहरुको साझा संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आधिकारिक एक घटक संगठन भएको हो भने आदिवासी याक्थुङहरुको एक मात्रै साझा संगठन किरात याक्थुङ चुम्लुङद्वारा सम्बन्धन प्राप्त संगठन पनि भएको प्रष्ट पारेका थिए ।
२०६६ सालमा स्थापित याक्थुङ मुन्चइत चोक सयङले चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश नं. १ मा तदर्थ समिति गठन गरि कार्यसम्पादन गरिरहेको हुँदा विधानसम्वत विधिवत रुपमा पहिलो अधिवेशन गर्न लागिएको हो ।
यो सयङ सिक्किम भारत र नेपालविच सम्बन्धन लियादिया गरि सहकार्य गरिरहेको समेत केरुङ्ले प्रष्ट पारे । उनले संसारभरि रहेका याक्थुङ चलचित्रकर्मीहरुलाई एकीकृत गर्ने उदेश्यले सबै प्रवासहरुमा सयङको गठन प्रक्रिया अगाडि बढिरहेको बताए ।
सयङले अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवहरु सम्पन्न गरिसकेको साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका चलचित्र विज्ञहरु ल्याई चलचित्र सम्बन्धि अत्याधिक कार्यशालाहरु समेत गरेको अध्यक्ष केरुङले बताए ।
सयङले न्युनतम २५ बर्ष कला क्षेत्रमा जीवन विताएका ७० बर्ष पुगेका लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप मासिक पेन्सन भत्ता दिने उद्देश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ संचालन शुरु भएको अध्यक्ष केरुङले स्मरण गराउँदै लिम्बु चलचित्रलाइ विशिष्टिकरण गर्न ‘याक्थुङ कथा दर्ता कार्यविधि’ निर्माण गरि संचालन गरिरहेको बताए ।
याक्थुङ कथाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन अन्तराष्ट्रिय याक्थुङ कथा प्रतियोगिता आयोजना गरि ‘याक्थुङ स्टोरी बैंक’ संचालन भईरहेको छ । याक्थुङ भाषा, कला, संस्कार, संस्कृति, इतिहास, पहिचान, अस्तित्व र भुमिमाथि भइरहेको उत्पीडनबिरुद्ध लिम्बु याक्थुङ समुदायको हरेक संघर्ष र आन्दोलनमा हातेमालो गर्दै आइरहेको आदिवासी याक्थुङ चलचित्रकर्मीहरुको एक आधिकारिक संगठन भएको हुँदा सयङमा अबद्धता हुन सबैलाई अध्यक्ष केरुङले आव्हान पनि गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;