मंसिर २ देखि पहिचानवादी संगठनले कोशी नाम खारेजीको लागि नयाँ चरणको आन्दोलन थाल्ने

,   लिम्बुवान न्युज
                       

मोरङ, १६ कार्तिक । प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर २ गते देखि काेशी नाम विरूद्ध नयाँ चरणकाे आन्दोलन घोषणा गरेकाे छ । बुधबार कार्तिक १४ गते बिराटनगर स्थित संगम पार्टी प्यालेसमा बैठक बसेर आगामी मंसिर २ गते नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको हाे ।
संयुक्त संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसेको बैठकले मंसिर २ गते विराटनगरमा विरोध र्यालीसँगै नयाँ चरणको आन्दोलन घोषणा गर्ने निर्णय भएको पहिचानको लागि युवाको संयोजक भीम राईले बताए ।
बैठकमा पूर्ब मन्त्री गोपाल किराती, पहिचानको आधारमा पुनः नामकरण अभियान समितिका संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राई, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक लगायत मुख्य नेतृत्वहरूकाे उपस्थिति रहेको थियो ।
बैठकले पहिचान आन्दोलनलाई थप सशक्त बनाउन प्रेम एक्तेनको संयोजकत्वमा केन्द्रीय कमाण्ड गठन गरेको छ ।
संघर्ष समितिमा रहेका संगठनको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति सदस्यहुने गरी कमाण्ड गठन गरिएको हो । कमाण्डमा गोपाल किराती, कुमार लिङ्देन, केपी पालुङ्वा, डकेन्द्रसिंह थेगिम, गेल्जे शेर्पा, जीवन हाताचो राई, तिलकप्रसाद राई, रमेश राई, पदम अधिकारी, भीम राई लगायत १४ जना सदस्य रहनेगरी केन्द्रीय कमाण्ड गठन भएको छ । आन्दोलनको योजना निर्माण र नेतृत्व सो कमाण्डले गर्नेछ ।
त्यसैगरी आन्दोलनलाई प्रचारप्रसारको लागि अर्जुन जम्नेली राईको सयोजकत्वमा दिलकुमार लावती, शन्तवीर लामा, सुजता लिम्बू, भक्तशेर लिम्बू, राजेन्द्र दुष्ट, ओमनारायण राजवंशी लगायत १५ सदस्यीय समिति गठन भएको छ ।
आन्दोलनलाई युबा परिचालन गर्न पहिचानको लागि युवालाई जिम्मेवारी दिने र युवाहरुको राष्ट्रिय भेला मंसिर २४ गते गर्ने निर्णय भएको छ ।
पहिचान आन्दोलनप्रति सकारात्मक राजनीतिक दल लगायतका संगठनहरुसँग समन्वय गर्न प्रेम एक्तेनको संयोजकत्वमा, गेल्जे शेर्पा, परशुराम राई, आङकाजी शेर्पा, रमेश राई, राम मादेन लगायतलाई जिम्मेवारी तोकिएको छ ।
जनप्रदर्शन तथा विरोध सभाहरुमा पूर्ब प्रधानमन्त्री .(माअ‍ेवादी केन्द्रका अध्यक्ष)ं प्रचण्ड, बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, नाउपाका अध्यक्ष रेशम चौधरी, सीके राउत लगायतसँग समन्वय गर्न छलफल चलिरहेको छ ।
बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पहिचानवादी राजनीतिक दलहरुलाई सहयोग गर्ने, १९ महिनादेखि इलाम जेलमा रहेका आसिष साम्बा लिम्बूको रिहाइको लागि राजनीतिक र कानुनी पहल गर्ने, उनको तीन छोराछोरीको शैक्षिक यात्रालाई सहयोग गर्ने निर्णय भएको छ ।
संयुक्त संघर्ष समितिमा नगेन्द्र किरातीको नेतृत्वमा रहेको किरात स्वायत्तता जनअभियानलाई घटक संस्थाको रुपमा समावेश गर्ने निर्णय र ‘चतरा, गाइघाट, दुधौली’ सडकलाई नारदमुनी थुुलुङ लोकमार्ग घोषणा गर्ने निर्णय गरिको छ ।
बैठकमा जसपा नेपालका सञ्जय राई, जसपाको तर्फबाट तेजनारायण चौधरी, नाउपाका सहउपमहासचिव पदम अधिकारी, किरात गणराज्य अभियानका रोशन राई, किरात स्वयत्तता जनअभियानका अगमसिंह राई, माओवादी केन्द्र संबद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पकन्दी लिम्बू, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी लगायत १५ वटा संगठनको ४८ जना नेताहरु उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;