चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे ।

युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा लिपी युनिक कोडमा टाइप गर्न सहज हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नेपाल र चुम्लुङ दक्षिण कोरियाको संयुक्त रूपमा आयोजना गरिएकाे उक्त कार्यक्रमबाटै प्रयाेग कर्ता सबैलाइ यसकाे व्यवहारिक प्रयोगमा ल्याउन आव्हान गरिएकाे छ ।

युनिक कोड सार्वजनिक गर्दै कार्यक्रमका पूर्व कुलपति बैरागी काइलाले लिम्बू भाषाको विकासको काममा सबैलाई साथ सहयाेग गर्न आग्रह गरे ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा युनिक कोड निर्माता प्राविधिक पवन चित्रकारले यसको प्रयोगका विषयमा जानकारी गराएका थिए ।

किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङभा लिम्बुले सार्वजनिक कार्यक्रममा स्वागत गर्दै लिपी र भाषालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँनु पर्नेमा जोड दिदै लिपीलाइ युनिकाेट मार्फत कम्प्यूटर र ल्यापटप मार्फत चलाउन सहजताका लागि प्रयाेग गर्न अनुराेध गरे ।

युनिक कोड निर्माण गर्न कियाचु दक्षिण कोरियाले आर्थिक संकलन थालेर २७ लाख ६ हजार सहयोग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । उनले चुम्लुङले भाषा सम्बन्धि काम गर्न २० लाख अक्षयकोष संकलन गरिएकाे वताइन् ।

कार्यक्रममा प्रज्ञा अमर तुम्याहाङ, डिबी आङबुङ लगायत भाषा तथा लिपी अभियन्ता तथा याक्थुङ सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...