दमक बहुमुखी क्याम्पसको १३औं सभा सम्पन्नः दर्जनौं सम्मानित

 लिम्बुवान न्युज
                       


दमक, २३ कार्तिक । नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ ।
बि.सं.२०३८ सालमा स्थापना भएको क्याम्पसले १३औं क्याम्पस सभा गरेको हो ।
कार्यक्रममा पूर्व प्रदेश सदस्य अर्जुन राई, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, क्याम्पस पूर्व सञ्चालक सुरेश सुब्बासहितले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारीले सञ्चालक समितिको, क्याम्पस प्रमुख यज्ञराज गिरीले क्याम्पसको शैक्षिक एवम् आर्थिक र लेखा समिति संयोजक कुलबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षमा १३ करोड ५६ लाख ८९ हजार ३ सय १८ रुपैयाँ आम्दानी र १२ करोड ३७ हजार २ सय ८२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । साथै आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १६ करोड १८ लाख ५० हजार ६ सय ५० रुपैयाँ आम्दानी र १४ करोड १० लाख ५४ हजार ७ सय ३० रुपैयाँ खर्चको अनुमानित विवरण पनि प्रतिवेदनमा प्रस्तुत गरिएकोछ ।
सो अवसरमा २५ वर्ष सेवा पुरा गरेका ९ जना प्राध्यापक, ९ जना कर्मचारीकासाथै पूर्व प्राध्यापक, पूर्व कर्मचारी र अक्षयकोष दाताहरुलाई सम्मानित गरिएको थियो ।

सो क्याम्पसमा नेपालमा विज्ञानतर्फको नमूना प्रयोगशाला रहेको साथै ०६८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्यूएए प्रमाणपत्र प्राप्त गरी पूर्व क्षेत्रको प्रमुख शैक्षिक केन्द्र बनेको कार्यक्रममा चर्चा गरिएको थियो ।
दमक क्याम्पसमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा, स्नातकतर्फ वीएस्सी, वीवीएस, वीए, वीएड, वीएसडब्ल्यू, वीवीए, वीसीए तथा स्नातकोत्तरतर्फ एमवीएस, एमए, एमएड, नेपाली, अर्थशास्त्र र अंग्रेजी विषयमा पठनपाठन हुँदै आएको छ ।
पछिल्लो समय सुविधासम्पन्न भवन समेत निर्माण भएर गुणस्तरीय पठनपाठनमा अग्रसर क्याम्पसमा हाल ४ हजार ३ सय ४३ विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...