पहिचान पक्षधरहरूले मंसिर २ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

 लिम्बुवान न्युज
                       

गोत्रीय कोशी नाम खारेज गर्न पार्टीहरु एकजुट हुँदै

दमक, ३० कार्तिक । मंसिर २ गते गोत्रीय कोशी नाम खारेजी आन्दोलन दोस्रो चरणमा प्रवेश गर्दैछ । प्रदेश १ को दुई तिहाई प्रदेश सदस्यले पहिचान विरोधी गोत्रीय कोशी नाम नामाकरणसँगै प्रदेश १ मा पहिचान पक्षधर शक्तिहरु एकीकृत भई आन्दोलन छन् ।

२०७९ फागुन १७ गते कोशी नाम नामाकरणसँगै प्रदेश एकमा निरन्तर आन्दोलन भईरहेको छ । पहिचान पक्षधर विभिन्न राजनैतिक दल, नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, पहिचानका आधारमा प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति, नेकपा माओवादी सम्बद्ध जातीय संगठनहरु, जसपा, नेपाल, जसपा, नाउपा, जनमुक्ति, संघीय मञ्च, पहिचानवादी मोर्चा लगायत ४३ भन्दा धेरै घटकहरुको संयक्त संघर्ष समिति बनाई प्रदेश १ पुनः नामाकरणको लागि आन्दोलित संघर्ष समितिले मंसिर २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्दैछ ।

प्रदेशको राजधानी विराटनगरमा हुने बृहत ¥याली सहितको विरोधसभामा सम्बोधन गर्न नेकपा माओवादीको तर्फबाट केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भूसाल, जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य विश्वभक्त दुलाल (आहुती)ले कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उक्त कार्यक्रममा सम्बोधन गर्ने भनिपनि कार्यक्रम आउने टुङ्गो नलागिसकेको प्रचारप्रसार संयोजक अर्जुन जम्नेली राईले बताए ।

कार्यक्रम तथा आन्दोलन घोषणा पूर्व मन्त्री तथा पहिचानवादी मोर्चाका सदस्यसचिव गोपाल किरातीले गर्न बताइएको छ ।

यसैगरी ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रममा संघर्ष समितिका संयोजक प्रेम एक्तेन, जनजाति महासंघका महासचिव दिवस राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, पहिचान अभियानका संयोजक डकेन्द्रसिंह थेगिम, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), शेर्पा मञ्चका महासचिव लाक्पा शेर्पा लगायत नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक जम्नेलीले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...