दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

 लिम्बुवान न्युज
                       

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ ।

सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा जनसेवा टोल विकास संस्थाका सचिव तारा खापुङ, सिरिजङ्गा टोलकै पुर्व अध्यक्ष, सचिव, कोषाध्यक्षहरु लगायत टोलबासी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यसैगरी कार्यक्रममा ‘एक जन्म दुई जिन्दगी’ रुवाई सङग्रह २५ थान पुस्तकको मुल्य सात हजार सात सय रुपैयाँ रुवाईकार एल.बि. राईलाई टोलबाट सहयोग वापत टोल अध्यक्ष सेसेमी से.नाल्बाले हस्तान्तरण गर्नु भएको थियो ।

सिरिजङगा टोलका अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव कृति कुरुम्भङले गरेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...