दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

 लिम्बुवान न्युज
                       

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ ।

सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा जनसेवा टोल विकास संस्थाका सचिव तारा खापुङ, सिरिजङ्गा टोलकै पुर्व अध्यक्ष, सचिव, कोषाध्यक्षहरु लगायत टोलबासी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यसैगरी कार्यक्रममा ‘एक जन्म दुई जिन्दगी’ रुवाई सङग्रह २५ थान पुस्तकको मुल्य सात हजार सात सय रुपैयाँ रुवाईकार एल.बि. राईलाई टोलबाट सहयोग वापत टोल अध्यक्ष सेसेमी से.नाल्बाले हस्तान्तरण गर्नु भएको थियो ।

सिरिजङगा टोलका अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव कृति कुरुम्भङले गरेकी थिइन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...