दमक, ४ मंसिर । मुन्धुमी गायककाे पहिचान बनाएका गायक पछिल्लाे समय पहिचानबादी गीतहरू गाउँदै आउने हुने प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गीत ‘ओ परदेशी साथी’ लिएर आएका छन् ।
रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्र धान्ने ति लाखौं परदेशी दाजुभाई दिदीबहिनीहरुको मायाँ र सम्मानमा समर्पित गीत ‘ओ परदेशी साथी’ महेन नेम्बाङको शव्दमा गायक सेर्माले आफ्नै अफिसियल युट्यूव च्यानलबाट दर्शक स्रोता माझ लिएर आएका हुन् ।
देवेश राईको संगीत संयोजनमा योगेन मुकारुङले सायरम स्टुडियोमा रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ समेत देवेश राईले नै गरेका हुन् ।
नुमा तुम्रोक र चन्दानुमा सेर्माको निर्माण तथा किरण चाम्लिङ राईको निर्देशनमा योगेश दाहालको छायांकन, आयुसा श्रेष्ठको श्रृङगार, अनिल रानाको सम्पादन तथा भिएफएक्स रहेको छ ।
थैली इन्टरटेन्मेन्ट पोष्ट प्रडक्शन तथा शुभम चाम्लिङ राई प्रडक्शन मेनेजर रहेको भिडियोमा विक्रम राई, शाहिल लिम्बू, मनि सुन्दर लिम्बू, अप्सु योगी तथा संगीता रानापायलीको समेत आवाज रहेको छ ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...