अमेरिकामा हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा पहिचानवादी मोर्चा विस्तार

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ मंसिर । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा पहिचानवादी मोर्चा गठन भएको छ । राज्यको डालासमा भएको पहिचानवादी मोर्चाको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय पहिचानवादी मोर्चा प्रवास अमेरिका समिति गठन गरेको हो ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लाओेतीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमले सह–संयोजकहरूमा तोङ्सा योङ्या (भूपेन्द्र), अमर सेनेहाङ र ईयोन नाछिरिङ राई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा आशिष लिङ्देन, अम लिम्बु आवाजुङ, नगेन्द्र इङ्नाम, सरोज तुम्बाहाम्फे, विश्वास योङहाङ, प्रेम फागो, इन्द्र थेबे, मिना चेम्जोङ, एलबी साँवा, अमृत तुम्बाहाम्फे, हिमाल जङ्ग क्षेत्री, कृष्ण जङ्ग लिम्बु, अनिता लिङ्देन, कृष्ण फागो र लोकेन्द्र बहादुर विश्वकर्मा रहेका छन् ।

मोर्चालाई अमेरिकाको अन्य राज्यहरू समेत विस्तार गरिने संयोजक तुम्बाहाम्फेले बताए । पहिचानवादी आन्दोलनलाई प्रवाससँग समेत जोड्न मोर्चाहरू गठन गर्न सुरु गरिएको केन्द्रीय संयोजक डा. लाओेतीले बताए । उनले पहिचानवादीहरूको एकीकृत शक्ति निर्माणले मात्रै उत्पीडनबाट मुक्ति मिल्ने जनाए ।

यसैगरी अन्य राज्यहरुमा संगठन विस्तार गरेपछि अमेरिका प्रवास समिति चाडै गठन गर्ने संयोजक तुम्बाहाम्फेले लिम्बुवान खबरलाई बताएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संयाेजक डा. लावतीलाइ याक्थुङहरूकाे केलाङ लगायत सांस्कृतिक कार्यक्रमसहित भव्य स्वागत गरिएकाे थियाे ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...